ट्रेण्डिङ

होमपेज / खेलकुद

वाग्मतीको लगातार तेस्रो जित, प्रदेश १ पनि विजयी

नेपालगाथा २०७७ माघ ९ गते शुक्रबार १९:१५:०६ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्रीकप वान डे राष्ट्रिय पुरुष क्रिकेटमा वाग्मतीले शुक्रबार लगातार तेस्रो जित निकालेको छ । मुलपानीमा भएको खेलमा वाग्मतीले प्रदेश नम्बर–२ लाई ६ विकेटले पराजित गरेको हो । कर्णली प्रदेशविरुद्ध ब्याटिङ गर्दै प्रदेश १ का सिद्धान्त लोहनी । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

पहिले व्याटिङ गरेको प्रदेश–२ ले तयार पारेको १ सय ८० रनको चुनौतीलाई वाग्मतीले ४८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । विजयी टिमका लागि लयमा देखिएका पृथु बाँस्कोटाले ५३ रन बनाए । उनको यो लगातार दोस्रो अर्धशतक हो । प्रतियोगिताको टीयू मैदानमा शुक्रबारकै अर्को खेलमा प्रदेश–१ ले कर्णाली प्रदेशलाई ५९ रनले हरायो ।

प्रदेश १ ले पहिले ब्याटिङ गर्दै २ सय १६ रनको लक्ष्य बनाएको थियो । जवाफमा कर्णाली ३५ ओभरमा अलआउट भयो र उसले १ सय ५६ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top