ट्रेण्डिङ

होमपेज / खेलकुद

सावित्राको दुई गोल संगै नेपालले भारतलार्इ हरायाे

नेपालगाथा २०७५ माघ २९ गते मंगलबार १०:२५:०९ मा प्रकाशित

काठमाडौं । हिरो वोमेन्स गोल्डकप फुटबलमा नेपालले भारतलाई पराजित गर्न सफल भएको छ । कलिंगाा रंगशालामा सोमबार राति भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो । यो जित नेपालको लागि एकदमै महत्वपूर्ण जित हो । किनभने नेपालले भारतलाई महिला फुटबलको सिनियर टिममा पहिलो पटक पराजित गर्न सफल भयो । नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । उनकै दुई गोलको मद्दतमा नेपालले भारतमाथि इतिहास बनाउन सफल भयो ।

पाँचौ मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटपछि नै अर्थात सातौ मिनेटमा नै उनले अर्को गोल गर्दै नेपाललाई दोब्बर अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा दुई गोलले अघि रहेको नेपालले दोस्रो हाफमा एक गोल खान पुग्यो । ८४ औ मिनेटमा रतन बालादेवीले गोल गर्दै भारतलाई २–१ गोलको स्थितिमा ल्याएकी थिइन् । तर बाँकी समयमा गोल गर्न नसकेपछि खेल नेपालले जितेको हो ।

भारतलाई पराजित गरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना पनि बढेको छ । नेपालले अब अन्तिम खेल इरानसँग प्रतिस्पर्धा गर्ने छ । इरानलाई नेपालले पराजित गरेमा फाइनल यात्रा तय गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top