ट्रेण्डिङ

होमपेज / खेलकुद

सेन्ट जर्ज उपत्यका व्यापी दोस्रो तेक्वान्दो प्रतियोगिता सम्पन्न

नेपालगाथा २०७५ माघ २६ गते शनिबार १५:२०:५२ मा प्रकाशित

काठमाडौँ । सेन्ट जर्ज उपत्यकाव्यापी दोस्रो तेक्वान्दो प्रतियोगिता शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । हाँडीगाउँ स्थित सेन्ट जर्ज स्कुलले आयोजना गरेको प्रतियोगितामा ७० छात्र र ६० छात्रा गरी कुल १३० जना खेलाडीले भाग लिएका थिए । प्रतियोगिता २० केजी तौलदेखि ५५ केजी तौलका विभिन्न समूूहमा सञ्चालन भएको थियो ।


प्रतियोगितामा साम्भवी स्कुलले ६ वटा स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल ग¥यो भने सिद्धार्थ स्कुल दोस्रो र सनसाइन स्कुल तेस्रो स्थानमा रह्यो । अनुुशासित टिमको पुरस्कार भने सेन्ट जर्ज स्कुलले प्राप्त गरेको छ । अखिल नेपाल तेक्वान्दो एकेडेमीको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा जुुरीको भूूमिका अन्तर्राष्ट्रिय रेफ्री अनुयाज गौतमले गर्नु भएको थियो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री प्रल्हाद दाहालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. ३ का सभासद् नारायण सिलवाल रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रिन्सिपल मेघराज बजगाइले दिनुभएको थियो । यस अघि विद्यालयका छात्र–छात्राहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top