ट्रेण्डिङ

होमपेज / खेलकुद

विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

नेपालगाथा २०८३ मंसिर १३ गते शनिबार २०:५६:४४ मा प्रकाशित

काठमाडौं । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपको छनोटअन्तर्गत सन् २०२७ मा नेपालमा आयोजना हुने प्लेअफ प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीकाे नाम नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको हो ।

टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतम रहेका छन् । अभिषेश गौतमले पहिलोपटक एकदिवसीय राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले डिसेम्बर ४ देखि २१ सम्म नेपालमा प्रतियोगिता आयोजना गर्ने खेलतालिका सार्वजनिक गरिसकेको छ । प्रतियोगितामा नेपालसहित इटाली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स (यूएई) गरी आठ टोली सहभागी हुनेछन् ।

यी टोलीले विश्वकपको ग्लोबल छनोटमा बाँकी रहेका चार स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको खेल काठमाडौंको त्रिवि क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । उद्घाटन खेलमा डिसेम्बर ४ मा नेपालले त्रिवि मैदानमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top