ट्रेण्डिङ

होमपेज / खेलकुद

शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण, कर्णाली पदक बिहीन

दशौं राष्ट्रिय खेलकुद, २०८३

नेपालगाथा २०८३ मंसिर १३ गते शनिबार २१:२०:४३ मा प्रकाशित

सुर्खेत। रुकुमपश्चिमको चौरजहारीमा भएको शारीरिक सुगठनमा चार स्वर्णसहित गण्डकी प्रदेश प्रथम भएको छ । प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार गण्डकीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी कुल ८ पदक प्राप्त गरेको छ ।

त्यस्तै तीन स्वर्ण, दुइ रजत र चार कास्यसहित नेपाली आर्मी दोस्रो, तीन स्वर्ण, पाँच रजत र दुई कास्य पदक हातपार्दै बागमती प्रदेश तेस्रो भएको छ । तीन स्वर्ण, एक रजत गरी एपीएफले चौथो, दुई स्वर्ण ६ रजत र ३ कास्य गरी कुल ११ पदकसहित लुम्बिनी प्रदेश पाँचौँ, दुई स्वर्ण, एक रजत र दुई कास्यसहित नेपाल पुलिस छैटौं भएको छ ।

त्यस्तै एक स्वर्ण, एक रजत र एक कास्यसहित कोशी प्रदेश सातौँ हुँदा एक रजत, एक कास्य गरी सुदुरपश्चिम आठौँ र दुई कास्यसहित मधेश प्रदेशले नवौँ स्थानमा चित्त बुझाउँदा कर्णाली प्रदेश भने पदक बिहीन बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top