ट्रेण्डिङ

होमपेज / समाज

सवारी दुर्घटनामा परी मृत्यु

नेपालगाथा २०७७ फाल्गुण ६ गते बिहीबार १७:०५:३२ मा प्रकाशित

रुपन्देही, ६ फागुन तिलोत्तमा नगरपालिका-११ कुमारीस्थित सडकबाट लु.१ क ८२४ नम्बरको शान्ती नमूना माध्यामिक विद्यालयको बसले बिहीबार बिहान ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री ३४ वर्षीया सुमन खौसियाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी सोही ठाउँ मृगौली बस्ने ३३ वर्षीया आरती थापाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top