ट्रेण्डिङ

होमपेज / अर्थ

“कर्णालीमा Ather को १६औँ Experience Center”

नेपालगाथा २०८३ आश्विन ५ गते सोमबार २२:०४:२४ मा प्रकाशित

सुर्खेत,। विद्युतीय सवारी निर्माता कम्पनी एथर नेपालले कर्णालीमा आफ्नो सेवा विस्तार गर्दै वीरेन्द्रनगर–१२, एयरपोर्ट चोकमा १६औँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। स्वर्णिम बिजनेस कन्सर्नका अध्यक्ष सोमराज थापाको अध्यक्षतामा भएको कार्यक्रमकाे उद्घाटन सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले गर्नुभयाे ।

कार्यक्रममा नाडाका उपाध्यक्ष तथा पूर्व कर्णाली अटोमोबाइल्स एसोसियसनका अध्यक्ष भद्र भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मण कँडेल, पूर्व वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेतलगायत उद्योगी, व्यवसायी, अटोमोबाइल क्षेत्रका प्रतिनिधि, ग्राहक तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

नयाँ अनुभव केन्द्रबाट सुर्खेत तथा कर्णालीका ग्राहकले एथरका विभिन्न विद्युतीय स्कुटरबारे जानकारी लिनुका साथै प्रदर्शन तथा परीक्षण यात्रा गर्न सक्नेछन्। केन्द्रमा विशेषगरी एथर ४५० सिरिज र एथर रिज्टा सिरिज उपलब्ध हुने कम्पनीले जनाएको छ।

एथर ४५० सिरिजमा ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनाइट क्रुज’ र ‘भ्वाइस इन्टरयाक्सन’ जस्ता आधुनिक प्रविधि समावेश गरिएको कम्पनीको भनाइ छ। त्यस्तै, रिज्टा स्कुटरलाई पारिवारिक प्रयोग, आराम र दैनिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ।

८ वर्षसम्म ब्याट्री वारेन्टी

एथर नेपालका अनुसार ‘एथर एटसेभेन्टी ब्याट्री वारेन्टी’ अन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटर, जुन पहिले आउँछ, त्यति अवधिसम्म वारेन्टी सुविधा उपलब्ध हुनेछ।

लागू हुने सर्तअनुसार ब्याट्रीको स्वास्थ्य क्षमता ७० प्रतिशतभन्दा तल पुगेमा ब्याट्री परिवर्तनसम्बन्धी सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हाल देशभर १० भन्दा बढी आधिकारिक सेवा केन्द्र र ५० भन्दा बढी द्रुत चार्जिङ केन्द्र सञ्चालनमा छन्।

असोज ११ सम्म विशेष छुट योजना

सुर्खेतमा अनुभव केन्द्र सञ्चालनको अवसरमा एथर नेपालले असोज ११, २०८३ सम्म विशेष उद्घाटन योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले नगद खरिद गर्दा एटसेभेन्टी ब्याट्री वारेन्टी, वित्तीय सुविधामार्फत खरिद गर्दा शून्य प्रतिशत ब्याजदर तथा पुरानो सवारी साट्दा थप ८ हजार रुपैयाँ मूल्याङ्कन सुविधा प्राप्त गर्न सक्नेछन्।

नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालि. हो। कम्पनीले देशभर एथरका बिक्री केन्द्र, सेवा केन्द्र तथा चार्जिङ संरचना विस्तार गर्दै आएको जनाएको छ । सुर्खेतमा १६औँ अनुभव केन्द्र सञ्चालनसँगै कर्णालीका ग्राहकलाई विद्युतीय स्कुटर, परीक्षण यात्रा, बिक्रीपछिको सेवा तथा चार्जिङ सुविधामा थप सहज पहुँच हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top