होमपेज / सहकारी
सु्र्खेत । जनहितकारी बचत तथा ऋण सहकारी संस्था सुर्खेतकाे प्रमुख कार्यकारी अधिकृतमा कृष्ण रावल नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरी नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत रावललाई सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगी, संस्थाकाे सञ्चालक समितिका अध्यक्ष नवराज कंडेल, सञ्चालक समितिका सदस्यहरु र कर्मचारीहरुले स्वागत गरेका थिए ।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत रावललाई स्वागत तथा बधाई दिँदै संस्थापक अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीले जनहितकारी सहकारीमा रावलकाे प्रवेशसँगै सहकारीले आगामी दिनमा थप आक्रामक तरिकाले बजार विस्तार गर्ने विश्वास रहेकाे बताउनुभयाे । यसैगरी सहकारी संस्थाका अध्यक्ष नवराज कंडेलले सहकारीमा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत रावलकाे अनुभव र क्षमताले सहकारीले थप गति लिने विश्वास व्यक्त गर्नुभयाे ।

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण रावलले सहकारीका सञ्चालक समिति र कर्मचारी सबैकाे हातेमालाे र अनुभवबाट सहकारीलाई नयाँ दिशामा लैजान आफूले सकेसम्मकाे प्रयास निरन्तर जारी राख्ने बताउनुभयाे । सहकारीलाई थप उचाईमा लैजान आफू कहिल्यै नथाक्ने बताउँदै रावलले सहकारीप्रति फैलिएकाे नकरात्मक सन्देशलाई हामी सबैकाे व्यवहार र जिम्मेवारीबाट सकारात्मक सन्देश दिनका लागि हामी सबै एकजुट भएर लाग्नुपर्नेमा जाेडदिनुभयाे ।
जनहितककारी सहकारी संस्थालाई नेपालकै एक सफल सहकारीकाे रुपमा लिने गरिन्छ ।
