होमपेज / सहकारी
सुर्खेत । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाकाे सूचना तथा प्रविधि व्यवस्थापन उपसमितिको आयोजनामा एक दिने आधारभूत सूचना संकलन तथा फोटोग्राफी तालिम वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
तालिम कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरिहरनाथ योगीले समाचार संकलन गर्दा कसरी गर्ने र कसलाई विशेष ग्रहायता दिने भन्ने कुरामा ध्यान दिन जरुरी भएको बताउनुभयो । साथै उहाँले सूचना प्रविधिको युगमा यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले सहभागीलाई धयान दिएर सिक्न सुझाव दिनुभयो ।
त्यसैगरी संस्थाका अध्यक्ष नवराज कंडेलले अहिलेको सूचना प्रविधिको युगमा समाचार संकलन, फोटोग्राफी जस्ता कुराहरु सिकेर व्यवहारमा पनि लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
.jpg)
दुई चरणमा विभाजन गरिएको कार्यक्रमको दोस्रो शेसनमा प्रमुख प्रशिक्षक त्रिभुवन बि.सीले सूचनाको बारेमा जानकारी दिँदै सूचना संकलन गर्दा ध्यान दिनुपर्ने कुरा, समाचारका प्रमुख विशेषताहरु, समाचार लेख्दा 5W1H लाई विशेष ध्यान दिनुपर्ने र फोटोग्राफीकाे महत्वका बारेमा जानकारी दिँदै यसका नियमहरुको बारेमा जानकारी दिनुभएकाे थियो ।
कार्यक्रममा संस्थाका सूचना तथा प्रविधि व्यवस्थापन उपसमितिका संयोजक सरस्वती पुरी, संस्थाका व्यवस्थापक हिमलाल गौतम, विभागीय प्रमुखहरुका साथै संस्थामा कार्यरत २३ जना कर्मचारीहरुको संलग्नता रहेको सूचना अधिकारी वसन्त बहादुर बुढाले जानकारी दिनुभयाे ।