ट्रेण्डिङ

होमपेज / सहकारी

रास्वपा सभापति रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

सुप्रिम सहकारी ठगी प्रकरण

नेपालगाथा २०८१ माघ ६ गते आइतबार १५:४०:३० मा प्रकाशित

काठमाडाैं | रास्वपा सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । बुटवलमा रहेको सुप्रिम सहकारी ठगीको आरोपमा रूपन्देही जिल्ला अदालतमा आइतबार अभियोजन पत्र दायर गरिएको सहायक जिल्ला न्यायाधिवक्ता एवं सूचना अधिकारी उमाकुमारी केसीले जानकारी दिइन् । अभियोजन पत्र दायर गरिएको र दर्ताको प्रक्रियामा रहेको उनले बताइन् ।

सहकारीको पैसा गोरखा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको भन्दै प्रहरीले लामिछानेसँग बयान लिएको थियो । यसअघि सहकारीका व्यवस्थापकसहितलाई मुद्दा दायर भइसकेकोमा लामिछानेविरुद्ध पूरक अभियोजन गरिएको हो । 

बुटवललमा रहेको सुप्रिम सहकारीबाट रवि लामिछानेको खातामा १ करोड ९४ लाख रुपैयाँ रकम आएको थियो । तर, लामिछानेले सो रकमबारे आफूलाई जानकारी नभएको बताउँदै आएका छन् ।

यसअघि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगीमा कास्की जिल्ला अदालत र स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिसकेको छ । दुवै अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top