होमपेज / सहकारी
काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न शक्तिसम्पन्न प्राधिकरण गठन गरिने बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको प्रचलित सांस्कृतिक पर्व ‘भुवः भस्सो’ सम्बन्धी आयोजित विशेष कार्यक्रममा उनले कतिपय कानूनहरुले गर्दा सहकारी सम्बन्धी कामहरु प्रभावकारी र नियमन नभएको भन्दै यसका लागि प्राधिकरण गठन गर्ने बताए ।
उनले भने, ‘गल्ती गरेकाहरुलाई कारबाही गर्नको लागि, त्यसको कार्यान्वयन गर्नको लागि, बचत फिर्ता गर्नका लागि र देशमा रहेको कानूनहरुले गर्दा काम प्रभावकारी नभएको र नियमन पनि नभएको हुनाले प्रभावकारी शक्तिसम्पन्न प्राधिकरण गठन गर्ने, त्यसले सहकारीको क्षेत्रलाई व्यवस्थित गर्ने काम गर्छ ।’ यसका साथै उनले सहकारी छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार छानबिनको काम पनि अगाडि बढेको भन्दै उन्मुक्ति पाउँछु भनेर कसैले नसोचे पनि हुने बताए ।
६९ हजार बचतकर्ताहरुको रकम फिर्ता गर्ने काममा सरकार लागेको भन्दै सहकारीसम्बन्धी कानूनहरु एकीकरण गर्नको लागि बनेको अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेको पनि उनको भनाई छ ।