होमपेज / सहकारी
सुर्खेत । सुर्खेतको गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाले १३औँ साधारणसभा मनाएको छ। सोमबार वीरेन्द्रनगरमा संस्थाको १३ औँ साधारणसभा सम्पन्न गरेको हो।
उद्घाटन सत्रमा बोल्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सहकारीले रचनात्मक उदेश्यका साथ अगाडि बढेको भन्दै प्रसंशा व्यक्त गरे। मन्त्री शाहले कर्णाली प्रदेशमा प्रकृतिले बहुमुल्य बस्तुहरु दिएको बताउँदै ती बहुमुल्य बस्तुहरूहरु तथा कृषि बालिको उत्पादनलाई विश्व बजारमा पुर्याउन सकेको खण्डमा प्रदेश समृद्धिको यात्रामा अघि बढ्ने दाबी गरे।
मन्त्री शाहले विश्वबजारमा सबैभन्दा बढी कोदोको माग आउने गरेको उल्लेख गर्दै शरीरलाई चाहिने शक्ति पनि यसैबाट प्रदान हुने बताए। साथै मन्त्री शाहले संस्थालाई कोदो जस्ता वस्तुलाई आफ्नो ब्रान्ड बनाएर अगाडि बढन सुझाव दिए।
यस्तै, मन्त्री शाहले गणेशजल सहकारीमा आवद्ध ५ हजार ८७० सदस्यहरुलाई बिग्रिदै गएको माटोको गुणस्तर बचाउनका लागि अभियानका रुपमा सन्देश छोड्न अनुरोध गरे। माटोको गुणस्तर बचाउँनका लागि प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने, रासायनिक मल र विषादीको प्रयोग रोक्नुपर्नेमा जोड दिए।
सहकारीले आर्थिक वर्ष २०८१/०८२ लाई सदस्यहरुको वित्तीय साक्षरता, वित्तीय सक्षमता र सदस्य सुरक्षामा केन्द्रित रहेर सदस्य केन्द्रित वर्षका रुपमा कार्यसम्पादन गर्ने नीति पारित गरेको छ।
बार्षिक साधारणसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष प्रेमकुमार विसीले सदस्यको माझमा गणेशजल अभियान अन्तर्गत सदस्य केन्द्रित कार्यक्रम सञ्चालन गरिने बताए। हाल संस्थाको कुल पुँजी ४० करोड ६० लाख १५ हजार रहेको छ।