ट्रेण्डिङ

होमपेज / सहकारी

सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा जारी

नेपालगाथा २०८१ पौष १४ गते आइतबार २२:१६:३७ मा प्रकाशित

काठमाडाैं | राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आइतबार ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१’ जारी गरेका छन् ।

संविधानको धारा ११४ को उपधारा (१) अनुसार राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताएकी छन् ।

केही दिन पहिले बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपति कार्यालय पठाएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top