होमपेज / सहकारी
सुर्खेत । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले २६औं स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत संस्थाको युवा परिचालन उपसमितिको आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल स्वंयसेवी रक्तदाता समाज सुर्खेतको समन्वय तथा नेपाल रेडक्रस सोसाईटी, रक्तसञ्चार केन्द्र सुर्खेतको प्राविधिक सहयोगमा वीरेन्द्रनगर ८ सुर्खेत स्थित संस्थाको कालुगंचोक सेवाकेन्द्रमा रक्तदान कार्यक्रम भएको हो ।
आठ जना महिला ३२ जना पुरुष गरी ४० जनाले रक्तदान गर्नुभएको कार्यक्रममा कर्णाली प्रदेशमै सबैभन्दा धेरै ८५औं पटक रक्तदान गरिसक्नुभएका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य तथा सामाजिक व्यक्तित्व प्रवासकुमार शाक्यलाई दोसल्लासहित प्रंसंसा पत्रद्वारा सम्मान गरिएको छ ।