होमपेज / सहकारी
सुर्खेत । राष्ट्रिय सहकारी बैंक लिमिटेडको कर्णाली प्रदेशस्तरीय ईकाइगत साधारणसभा शनिबार वीरेन्द्रगर सुर्खेतमा सम्पन्न भयाे । कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशसभाका उपसभामुख यसोदा न्यौपानेले सहकारीले ग्रामिण क्षेत्रका जनतालाई आर्थिक गतिविधिमा संलग्न गराई उनीहरुको आर्थिक विकासमा ठूलो योगदान दिनुुका साथै सहकारीले अर्थतन्त्रको विकासका लागि धेरै राम्रो काम गरेको बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि राष्ट्रिय सहकारी महासंघका संचालक हरिहर नाथ योगीले सहकारी अभियानको एक मात्र बैंकको रुपमा राष्ट्रिय सहकारी बैंक रहेकाले अभियानमा यसको महत्वपूर्ण भूमिका रहनुका साथै वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जाड दिनुभयो ।
कार्यक्रमका अर्का विशेष अतिथि भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय कर्णाली प्रदेशका रजिष्ट्रार खुमप्रसाद सुवेदीले सहकारीमा संचालकले सहकारीको सिद्धान्त र मुल्य, मान्यतालाई मात्र पालना गर्न सके सहकारीलाई व्यवस्थित रुपमा संचालन गर्न सकिन्छ भन्दै बैंकको साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि एवम् सहकारी विकास बोर्ड सदस्य भुपेन्द्र सिंहले सहकारी विकास कोष निमार्ण गरी कर्णाली प्रदेशमा सहकारी उद्यमशीलता प्रर्बद्धन गर्न सहयोग गर्ने कुरा जोड दिनुभयो ।
कार्यक्रममा एकाई अध्यक्ष कालीबहादुर महताराले बैंकको आ.व. २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८१/०८२ को प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै सहकारी संस्था संचालनमा नीति, विधि र प्रविधि मात्रै नभई सञ्चालकको प्रवृत्तिमा समेत सुधार गर्नुपर्ने कुरा बताउनुभयो ।
बैंकका सञ्चालक एवं कर्णाली प्रदेश संयोजक कालीबहादुर महाताराको अध्यक्षता सम्पन्न भएको कर्णाली प्रदेशस्तरीय एकाईगत साधारण सभाको स्वागत मन्तव्य कर्णाली प्रदेश कार्यालयका प्रदेश प्रमुख हिरालाल सुनारले गर्नुका साथै कार्यक्रमको सञ्चालन बैंकका वरिष्ठ अधिकृत मिना शर्माले गर्नुभयो ।