ट्रेण्डिङ

होमपेज / सहकारी

गणेशजल सहकारीका सञ्चालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम 

नेपालगाथा २०८१ श्रावण १९ गते शनिबार २२:२६:०९ मा प्रकाशित

सुर्खेत । गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका सञ्चालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम शनिबार सम्पन्न भएको छ । प्रत्येक वर्ष संस्थाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरुलाई विभिन्न कार्यक्रमको आयोजना गर्दै आएकोमा यस वर्ष पनि “सहकारीका सञ्चालक तथा कर्मचारीको क्षमता अभिबृद्धि कार्यक्रम” सञ्चालन गरेको हो ।

सहकारीका सञ्चालक तथा कर्मचारीहरुमा हुनुपर्ने ज्ञान, सीप र जिम्मेवारीको मापन तथा सहकारी सुशासनका बिषयमा प्रस्तुतिकरण गरिएको संस्थाका प्रमुख अधिकृत तथा सूचना अधिकारी रंगाबहादुर सिंहले जानकारी दिनुभयो ।

संस्थाका प्रमुख अधिकृत रंगाबहादुर सिंहले हालसम्मको वित्तीय जानकारी प्रस्तुत गर्दै यस्तो विषम परिस्थितिका बावजुद पनि संस्थाको सूचांकहरु निरन्तर बृद्धिले संस्थाप्रतिको विश्वसनीयता अझ बढेर गएको जिकिर गर्नुभएको थियो । संचालक तथा कर्मचारीको क्षमता अभिवृद्दि कार्यक्रमको सहजीकरण प्रशिक्षक रवि किरणले गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष प्रेमकुमार बिसीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष गोमा मल्लले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top