ट्रेण्डिङ

होमपेज / सहकारी

जनहितकारी साकोसको सेवाकालिन तालिम

नेपालगाथा २०८० चैत्र २४ गते शनिबार १३:५६:४८ मा प्रकाशित

सुर्खेत । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको व्यवसाय विभागको आयोजनामा एक दिने कर्मचारी सेवाकालिन तालिम वीरेन्द्रनगरमा शुरु भएको छ । 

तालिमलाई सम्वोधन गर्दै सहकारी संस्थाका अध्यक्ष नवराज कंडेलले संस्थाले निदिष्ट गरेका वार्षिक नीति तथा कार्यक्रमको लक्ष्य पूरा गर्नका लागि दक्ष जनशक्ति उत्पादनका लागि तालिमले मद्दत पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

यस सहकारी संस्थामा प्रवेश गरेका नयाँ कर्मचारी र पुराना गरी २७ जना कर्मचारीहरुलाई सहकारी संस्थाको नीति तथा कार्यविधिका बारेमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको सहकारीले जनाएको छ । 

संस्थाका व्यवसाय विभाग प्रमुख एवम् प्रशिक्षक प्रेम आचार्यले सहकारी संस्थाको ऋण व्यवस्थापन कार्यविधि २०७८, वचत कार्यविधि २०७८ र सेवा केन्द्र व्यवस्थापन तथा संचालन कार्यविधि २०७८ का बारेमा सहभागीलाई तालिम दिनुहुनेछ। 

यसैगरी संस्थाका लेखा तथा प्रशासन विभाग प्रमुख एवंम् कार्यक्रमका प्रशिक्षक वसन्त बहादुर वुढाले संरक्षित पुँजी फिर्ता कोषको परिचय सहित संस्थाको कर्मचारी प्रशासन कार्यविधि २०७८, आर्थिक प्रशासन कार्यविधि २०७७, कर्मचारी कल्याण कोष कार्यविधि २०७९ लगायत लेखा प्रर्णालीमा आईपर्ने समस्या, तिनका असरहरुका वारेमा र वित्तीय तथा गैरवित्तीय सेवाहरुको विषयमा सहजीकरण गर्नुभएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top