होमपेज / सहकारी
सुर्खेत । राष्ट्रिय सहकारी महासंघ सञ्चालक समितिका सदस्य हरिहरनाथ योगीले सहकारीको सञ्चालक समितिको एकता र सुशासनले मात्र सहकारी सफल हुने बताउनुभएको छ ।
वीरेन्द्रनगरमा विहीबार जनहितकारी सहकारी संस्थाको नयाँ सञ्चालक समितिको सपथ ग्रहण एवम् पद हस्तान्तरण कार्यक्रममा सदस्य योगीले यस्तो बताउनुभएको हो । उहाँले अधिकांश सहकारीको सञ्चालक समितिमा एकता नहुँदा र सुशासन कायम गर्न नसक्दा बिग्रिएको बताउनुभयो ।
केही सहकारीका सञ्चालकका कारण सम्पूर्ण सहकारीको बदनाम भएको बताउँदै योगीले सहकारीलाई शुद्धीकरण गर्नका लागि सञ्चालक समिति आफैबाट शुरु गर्नुपर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा जनहितकारी सहकारीका नवनिर्वाचित अध्यक्ष नवराज कंडेलले सहकारीलाई अझै प्रभाकारी र सदस्यमुखी कार्यक्रमका साथ उत्कृष्ट संस्थाको रुपमा स्थापित बनाउने प्रतिवद्धता जनाउनुभयो ।
.jpg)