ट्रेण्डिङ

होमपेज / सहकारी

उत्कृट जेष्ठ नागरिक सदस्यलाई तीर्थ यात्रा 

नेपालगाथा २०८० माघ ६ गते शनिबार २२:२३:३८ मा प्रकाशित

सुर्खेत । गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाले संस्थामा आवद्ध भएका सदस्यहरु मध्ये उत्कृष्ट सदस्यलाई तीर्थ यात्रा भ्रमण गराएको छ । तीर्थ यात्रामा दैलेखको कोटिला, श्रीस्थान, नाभिस्थान र ऐतिहासिक कोत गढी भ्रमण गराईएको अध्यक्ष प्रेमकुमार बिसीले जानकारी दिनुभयो । 

सधै अरु भन्दा फरक तरिकाबाट काम गरेर शेयर सदस्यहरुको मन जितिरहेको गणेशजल सहकारीले जेष्ठ नागरिकलाई उच्च सम्मान गर्दै उनीहरुलाई तीर्थ यात्रामा सहभागी गराएको हो । 

तीर्थ यात्रामा सहभागी सुजत्या बुढाले भने, ‘यस्तो तीर्थ यात्रा कसैले पनि गराएको सुनेको थिएन तर गणेशजल सहकारीमा आवद्ध भए पछि यो तीर्थ यात्रामा सहभागी हुन पाउँदा अत्यन्तै खुशी लागेको छ ।’ 

साथै उनले घर परिवारका सदस्यहरुले समय निकालेर तीर्थ यात्रामा लैजान नसकिरहेको समयमा जेष्ठ नागरिकका लागि गणेशजलले सन्तानले गर्ने जिम्मेवारी पूरा गरेको बताउँदै सबै सदस्यहरुलाई आफ्ना आमा बुवाको वचत खाता खोलेर यस्तो तीर्थ यात्रामा सहभागी गराउन समेत अनुरोध गरे ।

गणेशजल सहकारी संस्थालाई सदस्यको पहिलो रोजाई बनाउने लक्ष्यका साथ यस सहकारीले बालकदेखि जेष्ठ नागरिकसम्मका लागि विभिन्न रचनात्मक बित्तीय तथा गैर बित्तीय कार्यक्रम गरिरहेको छ । 

तीर्थ यात्राको भ्रमणमा जेष्ठ नागरिकहरुसँगै सहभागी भएका कर्मचारी टोपबहादुर शाहीले सबै सदस्यहरु भ्रमणबाट खुशी भएको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top