होमपेज / सहकारी
सुर्खेत । राष्ट्रिय सहकारी महासंघ लिमिटेडको भर्खरै सम्पन्न ३१औँ वार्षिक साधारणसभाबाट सहकारी अभियन्ता हरिहरनाथ योगी सञ्चालक समितिको सदस्यमा निर्विरोध निवाचित हुनुभएको छ । सोही अवसरमा जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्खेतले एक कार्यक्रमको आयोजना गरी निर्वाचित सदस्य योगीलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।
सहकारी अभियानमा लामो अनुभव संगालेका योगीले आफूलाई योग्य ठानेर राष्ट्रिय सहकारी महासंघको सञ्चालक समितिको सदस्यमा चयन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । योगी राष्ट्रिय सहकारी बैंकको १४ वर्षसम्म सञ्चालक सदस्य हुनुका साथै सहकारी बैंककै प्रतिनिधित्व गर्दै राष्ट्रिय सहकारी महासंघको सञ्चालक समितिको सदस्यमा चयन हुनभएको हो ।
कार्यक्रममा संस्थाका निवर्तमान कोषाध्यक्ष नवराज कडेंलले आफ्नो सहकारीको नेतृत्व गरेको व्यक्ति राष्ट्रिय सहकारी महासंघको सञ्चालक समितिको सदस्यमा निर्वरोध सदस्य निर्वाचित हुँदा निकै खुशी लागेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका पुर्वसञ्चालक, निवर्तमान सञ्चालक समिति, उपसमिति, सक्रिय सदस्यलगायत संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।