ट्रेण्डिङ

होमपेज / सहकारी

सबैको विश्वास जितेर सहकारी संस्था अगाडि बढ्नुपर्छ – पूर्व मन्त्री कंडेल

नेपालगाथा २०८० कार्तिक २० गते सोमबार २०:३१:१८ मा प्रकाशित

सुर्खेत । पूर्व मन्त्री तथा नेकपा एमालेका नेता यामलाल कंडेलले सबैको विश्वास जितेर सहकारी संस्थाका सञ्चालकहरु अगाडि बढेमा सहकारीले राम्रो काम गर्न सक्ने बताउनुभएको छ । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २५औं वार्षिक साधारणसभा अन्तर्गत एकाइ पाँचको साधारण सभालाई उद्घाटन गर्दै पूर्वमन्त्री कंडेलले यस्तो बताउनुभएको हो । 

जनहितकारी सहकारीका सञ्चालकहरुले शेयर सदस्यहरुको विश्वास जितेर नै करिब एक अर्ब बराबरको कारोबारो गरेको देख्दा खुशी लागेको बताउँदै पूर्व मन्त्री कंडेलले सञ्चालक समितिको मात्र नभएर सबै शेयर सदस्यहरुको सामूहिक योगदानबाट मात्र सहकारीले जनताको पक्षमा भरोसायोग्य काम गर्न सकिने बताउनुभयो ।

यसैगरी नेपाल सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जनहितकारी सहकारीले सबै शेयर सदस्यहरुको भावना अनुसार काम गरेकाले जनताको सहकारी बनिरहेको बताउनुभयो । 

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले सञ्चालक समितिको विश्वास र भरोसाका कारण नै जनताको सानो सानो रकम जम्मा भइरहेको बताउँदै सहकारीले गरेका गतिविधिहरुको नगरपालिकाले सुक्ष्म तरिकाले नियमन गरिरहेको समेत जानकारी दिनुभयो । 

यसैगरी वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शेरबहादुर केसीले जनहितकारी सहकारीले किसान र निम्न आय भएकाहरुका लागि सानो सानो लगानी गरेर साच्चिकै जनताको हितमा काम गरिरहेको बताउनुभयो ।

जनहितकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिहरनाथ योगीले साधारण सभामा प्रगति प्रतिवदेन प्रस्तुत गर्दै टुकी बालेर शुरु गरेको सहकारी संस्थाले आज १० हजार मानिसलाई सेवा दिन पाउँदा गौरव लागेको बताउनुभयो । 

कृषि व्यवसाय, व्यापार लगायत विभिन्न १४ वटा क्षेत्रहरुमा सहकारीले लगानी गरिरहेको बताउँदै अध्यक्ष योगीले साना आकारका ऋणहरुमा सहकारीले लगानीको प्राथमिकता गरेको जानकारी दिनुभयो । साथै उहाँले सदस्यहरुको चाहनालाई मध्यनजर गर्दै सहकारीले विभिन्न ५ वटा क्षेत्रमा साधारण सभालाई विभाजन गरेर साधारण सभा सम्पन्न गरेको जानकारी दिनुभयो । 

जनहितकारी सहकारीका कोषाध्यक्ष नवराज कंडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको विश्वासका कारण सहकारीले हालसम्म करिब ९० करोड रुपैयाँ बराबरको कुल सम्पत्ति आर्जन गरेको जानकारी दिनुभयो । साथै उहाँले सदस्यहको हितलाई ध्यानमा राखेर संस्थाको आर्थिक अवस्थालाई मजबुत पार्दै सहकारी संस्थाका नीति नियमलाई समय अुनसार परिमार्जन गर्दै शेयर सदस्यहरुको सेवा सुविधामा थप विस्तार गरिरहेको समेत जानकारी दिनुभयो । 

संस्थाको बित्तीय अवस्था (आव २०७९/८०) यस प्रकार रहेकाे छ ।



एकाइ नं. ५ अन्तर्गत जनहितकारी सहकारीको प्राङ्गगणमा सम्पन्न भएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा नंं. ४ र १४ का शेयर सदस्यहरु उपस्थित भएका थिए । सञ्चालक समितिका सदस्य कृष्ण प्रसाद गौतमले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वातगत भाषण सञ्चालक समिति सदस्य राधा कार्कीले गर्नुभएको थियो । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top