ट्रेण्डिङ

होमपेज / सहकारी

शेयर सदस्यलाई फाइदा हुने गरी काम गर्नुहोस् – अध्यक्ष सुनार 

२५औं वार्षिक साधारण सभा - एकाइ चार

नेपालगाथा २०८० कार्तिक १८ गते शनिबार १५:५३:३७ मा प्रकाशित

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष गंगाराम सुनारले सहकारीहरुले शेयर सदस्यहरुलाई केन्द्रमा राखेर सहकारीका गतिविधिहरु गर्नुपर्ने बताउनुभयो । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २५औं वार्षिक साधारणसभा अन्तर्गत एकाइ चारको साधारण सभालाई उद्घाटन गर्दै अध्यक्ष सुनारले यस्तो बताउनुभएको हो । जनहितकारी सहकारीले भरपर्दो र विश्वासिलो काम गरेकै कारण सहकारीहरु दिनप्रतिदिन फस्टाउँदै गएको बताउँदै अध्यक्ष सुनारले केही सीमित सहकारीका सञ्चालक समितिले गलत काम गरेकै कारण आज समग्र सहकारीको बदनाम भएको बताउनुभयो । 

यसैगरी वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडा सदस्य दिपेश गिरीले आर्थिक रुपमा विपन्न परिवारलाई सहकारीले आर्थिक समृद्धिका लागि सहयोग गरेको बताउनुभयो । सञ्चालक समिति सक्षम र प्रभावकारी भएकै कारण शेयर सदस्यहरुले पनि विश्वास गर्न सकेको बताउँदै सदस्य गिरीले सहकारीले प्रविधिलाई समेत अपनाउँदै अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो । 

साधारण सभामा जनहितकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिहरनाथ योगीले प्रगति प्रतिवदेन प्रस्तुत गर्दै कर्णाली प्रदेश जस्तो अल्पविकसित प्रदेशमा सहकारीका गतिविधिमार्फत जनताको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण खम्बा भएको बताउनुभयो । अध्यक्ष योगीले कृषि व्यवसाय, व्यापार लगायत विभिन्न १४ वटा क्षेत्रहरुमा सहकारीले लगानी गरिरहेको बताउँदै साना आकारका ऋणहरुमा लगानीको प्राथमिकता भएको जानकारी दिनुभयो । साथै उहाँले सदस्यहरुको चाहनालाई मध्यनजर गर्दै सहकारीले विभिन्न ५ वटा क्षेत्रमा साधारण सभालाई विभाजन गरेको समेत जानकारी दिनुभयो । 

कोषाध्यक्ष नवराज कंडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको विश्वासका कारण सहकारीले हालसम्म ९० करोड ७ लाख ५१ हजार ३ सय २१ रुपैयाँ बराबरको संस्थाको कुल सम्पत्ति आर्जन गरेको जानकारी दिनुभयो । साथै उहाँले सदस्यहको हितलाई ध्यानमा राखेर संस्थाको आर्थिक अवस्थालाई मजबुत पार्दै नीति नियमलाई समय अुनसार परिमार्जन गर्दै शेयर सदस्यहरुको सेवा सुविधामा थप विस्तार गर्ने प्रतिवद्धता जनाउनुभयो । 


आव २०७९/८० काे संस्थाको बित्तीय अवस्था यस प्रकार रहेकाे छ ।
शेयर पूँजी     ः    रु. ७,३५,२३,०००।००
जगेडा कोष     ः    रु. ४,८३,५६,१४६।००
कुल सम्पत्ति     ः    रु. ९०,७०,५१,३२१।००
ऋण लगानी     ः    रु. ६७,७०,८६,०७५।००
कुल बचत     ः    रु. ६५,१२,८५,२१४।००
जग्गा        ः    रु. १,१०,१३,२३५।०० (क्षेत्रफल ः ० – ८ – ०)
भवन        ः    रु. १,११,७९,०१५।०० (९६१.६४ वर्ग फिटको ३ तलाको पक्की भवन)

एकाइ नं. ४ अन्तर्गत सनशाइन एकेडेमीको प्राङ्गगणमा सम्पन्न भएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा नंं. १ र २ का शेयर सदस्यहरु उपस्थित भएका थिए । 

जनहितकारी सहकारीका सञ्चालक समिति सदस्य राधा कार्कीले साधारण सभाका प्रमुख अतिथि, अतिथि र उपस्थित सम्पूर्ण शेयर सदस्यहरुलाई स्वागत भाषण मार्फत स्वागत गर्नुभएको थियो भने सञ्चालक समिति सदस्य रञ्जिता भारतीले कार्यक्रम सञ्चालन गनुृभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top