ट्रेण्डिङ

होमपेज / सहकारी

बहुविधायुक्त व्यक्तित्व विकास कार्यक्रमका उत्कृष्ट सम्मानित

नेपालगाथा २०८० असार ४ गते सोमबार २१:३२:१८ मा प्रकाशित

सुर्खेत । श्री गणेशजल बहुउद्देश्यीय सकारी संस्था लि.ले पछिल्लो समयमा आक्रामक ढंगबाट कार्यक्रम गरिरहेको छ । सहकारीका सदस्यहरुको हितलाई ध्यानमा राखेर गणेशजल सहकारीले पछिल्लो समयमा बहु विद्यायुक्त व्यक्तित्व विकास कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा शेयर सदस्य बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप उनीहरुको कलालाई प्रस्फुटन गर्ने काम गरेको छ । जस अन्तर्गत गायन, वक्तृत्व कला र नृत्य प्रतियोगिता रहेका थिए । 

नृत्य तर्फ गरिमा शर्मा प्रथम, कौशिला सिंह द्वितीय, ढुन्डुप साङबो रावत तृतीय र एन्जल कुमारी शाहीले सान्तवना स्थान ओगट्न सफल भएका छन् ।

गायन प्रतियोगिता तर्फ मेनुका थापा प्रथम, स्पन्दन बराल द्वितीय, सुजन न्यौपाने तृतीय र विमला बुढा सान्त्वना भएका छन् । 

यसैगरी वक्तृत्वकला प्रतियोगिता तर्फ गरिमा बुढा क्षेत्री प्रथम, तुसिका ढकाल द्वितीय, रमेश तिरुवा तृतीय र डेनिश बोगटीले सान्त्वना स्थान ओगट््न सफल भएका छन् । 

यसैगरी नृत्यतर्फ बालकलाकार प्रोत्साहन स्वरुप तिर्सना विष्ट, नवीना रेग्मी, श्रृष्टि थापा र अंकिता विष्ट रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top