ट्रेण्डिङ

होमपेज / सहकारी

जनहितकारी साकोसको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न

नेपालगाथा २०७९ माघ २८ गते शनिबार २२:२८:४२ मा प्रकाशित

सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको अर्धवार्षिक समिक्षा गोष्ठि कार्यक्रम शनिबार, माघ २८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष हरिहरनाथ योगीको सभापतित्वमा सम्पन्न उक्त समिक्षा कार्यक्रममा अघिल्लो समिक्षाको निस्कर्ष तथा आ.व. २०७९।०८० को बार्षिक निती, कार्यक्रम तथा बजेटका आधारमा तयार गरेको लक्ष्य अनुसार यस आ.व. २०७९।०८० को अर्धवार्षिक अवधिमा संस्थाले लिएको लक्ष्य अनुसारको रणनितिहरु र कार्यान्वयनको अवस्था, अर्धवार्षिक प्रगतिको समिक्षा तथा सबल पक्ष, सुधार गर्नुपर्ने कुराहरु र चालु आवको निर्धारीत लक्ष्य तथा प्रगति हासिल गर्नका लागि अपनाउनुपर्ने थप रणनीतिहरुको बारेमा विस्तृत छलफल भएको थियो ।

उक्त कार्यक्रममा संस्थाको मूख्य कार्यालय लगाएत तिन वटै सेवा कार्यालयका सेवाकोन्द्र प्रमुखहरुले क्षेत्रगत प्रगति प्रतिबेदन एवं रणनीती, समष्टिगत प्रगति एवं लक्ष्य प्राप्तीका प्रतिबेदनहरु प्रस्तुत गर्नुभएको थियो भने लक्ष्य हासिल गर्ने रणनिति र कार्यक्रम संचालनका लागि थप निर्देशन संस्थाका कोषाध्यक्ष नवराज कडेंलले गर्नु भएको उक्त कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष हरिहरनाथ योगी ज्यू बाट निचोड सहित कार्यक्रम सम्पन्न भएको थियो ।

वार्षिक निति, कार्यक्रम तथा बजेटका बिषयमा पिपिरा सेवा केन्द्र प्रमुख प्रेम आचार्य र संस्थाको वित्तिय प्रतिवेदन का विषयमा लेखापाल बसन्त बहादुर बुढाले सहजीकरण गनुभएको उक्त कार्यक्रममा पूर्व सञ्चालक ज्यूहरु विभिन्न उपसमितीका पूर्व सदस्यहरु, वर्तमान सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरु, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक श्री रुद्र बहादुर खत्री एवं सदस्यहरु, ऋण उपसमितीका संयोजक श्री बलीराम जैसी एवं शिक्षा उपसमिति संयोजक श्री हरिहर वस्नेत एमं सदस्यहरु, महिला तथा बालबालिका परिचालन उपसिमिति संयोजक श्री रन्जीता भारती एवं सदस्यहरु, सञ्चालक एवं शाखा सुवरीवेक्षक कृष्ण प्रसाद गौतम, संस्थाका प्रबन्धक श्री हिमलाल गौतम, बजार सेवा केन्द्र प्रमुख मित्रेन्द्रनाथ योगी , त्यसैगरी विभागिय प्रमुख कर्मचारीरु लगाएत ५१ जनाको सक्रिय उपस्थीती रहेको संस्थाका वित्तिय परामर्शक एवं सूचना अधिकारी श्री भोज प्रसाद आचार्यले जानकारी दिनुभयो ।

संस्थाका प्रबन्धक श्री हिमलाल गौतम ज्यू ले संचालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष नवराज कडेंल र समुद्घाटन सहित कार्यक्रमको औचित्यता संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति हरिहरनाथ योगीले राख्नुभएको थियो । उहाँले विगतमा कोभिडको प्रभाव र हाल देशको आर्थिक मन्दी जस्तो विषम परिस्थितिमा आफ्नो संस्थाको साख कायम गर्न संस्थाले निर्धारण गरेको लक्ष्य प्राप्तीका लागि सबैले आफ्नो तह र तप्काबाट महत्वपूर्ण भूमिका खेल्नुभएकोमा धन्यवाद सहित बाँकी लक्ष्य हासिल गर्न आगामी दिनमा निरन्तर भूमिकामा रहन समेत निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top