ट्रेण्डिङ

होमपेज / सहकारी

गणेशजलबाटै ब्लुबुक नवीकरण र ट्राफिक जरिवाना शुल्क तिर्न सकिने

नेपालगाथा २०७९ माघ ५ गते बिहीबार २२:०९:२५ मा प्रकाशित

सुर्खेत । श्री गणेशजल बहुउदेश्यीय सहकारी संस्थाले ब्लुबुक नवीकरण गर्न र ट्राफिक जरिवाना शुल्क तिर्न सकिने सुविधा ल्याएको छ । संस्थाले ‘जिएमसी स्मार्ट एप’ मार्फत सदस्यहरुलाई यस्तो सुविधा ल्याएको हो ।

अब श्री गणेशजल बहुउदेश्यीय सहकारीका सदस्यहरुले आफ्नो ब्लुबुकको नवीकरण शुल्क र ट्राफिक जरिवाना शुल्क बिना कुनै झन्झट ‘जिएमसी स्मार्ट एप’ मार्फत सेवा लिन सक्नेछन् । संस्थाका ‘जिएमसी स्मार्ट एप’ प्रयोगकर्ता सदस्यहरुले यो सुविधा लिने सक्ने संस्थाका अध्यक्ष प्रेमकुमार बिसीले नेपालगाथालाई जानकारी दिए । मोबाईल बैंकिङ सेवा नलिएका सदस्यहरुले यो सेवा लिएर यो सुविधा लिन सक्ने बिसीले बताए ।

ब्लुबुक नवीकरण शुल्क भुक्तानी गर्नको लागि ‘जिएमसी स्मार्ट एप’ भित्र भएको ‘ब्लुबुक रिन्यु’ नवीकरणमा ट्याप गर्नुपर्ने हुन्छ । ट्याप गरिसकेपछि आवश्यक विवरण भरी भुक्तानी गर्न सकिने छ । त्यस्तै ट्राफिक जरिवाना शुल्क तिर्न पनि ‘जिएमसी स्मार्ट एप’ भित्र भएको ‘ट्राफिक पुलिस फाइन’मा ट्याप गरी आवश्यक विवरण भरी शुल्क भुक्तानी गर्न सकिनेछ ।

संस्थाले यस अघि नै मोबाईल रिचार्जदेखि सहकारीबाट बैंकमा रकम ट्रान्फरसम्मको सुविधा सदस्यलाई प्रदान गर्दै आएको छ । सहकारीले ई–टेलर, ई–पेमेन्ट र फोन ‘पे’ सेवा समेत सञ्चालनमा ल्याईसकेको छ । त्यस्तै संस्थाले मिस्ड कल बैंकिङ, स्पट बैंकिङ, क्युआर भुक्तानी, एटिएम सेवा, वालेटमा ब्यालेन्स लोड लगायतको सेवा प्रवाह गर्दै आएको छ । सहकारीका सदस्यहरुले ब्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् ।

त्यस्तै ‘जिएमसी स्मार्ट एप’ बाटै बैंकबाट सहकारीमा रकम ट्रान्फर, बिजुलीको बिल, खानेपानी बिल, हवाई टिकट, बिमाको प्रिमियम तिर्न, स्कुल बिल समेत मोबाईल बैंकिङ बाटै तिर्न सक्ने सेवा प्रदान संस्थाले गर्दै आएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top