ट्रेण्डिङ

होमपेज / सहकारी

गुडिया निर्माण तालिम शुभारम्भ

नेपालगाथा २०७८ फाल्गुण २४ गते मंगलबार २३:५९:३० मा प्रकाशित

सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबारदेखि वीरेन्द्रनगर, सुर्खेतमा गुडिया निर्माण तालिम शुभारम्भ गरेको छ । संस्थाको महिला तथा बालबलिका परिचालन उपसमितिको कार्यक्रम योजना अनुसार, ११२औं अन्तर्राष्ट्रियनारी दिवसको अवसर पारी तालिम कार्यक्रमको आयोजना गरिएको हो । 

फागुन २६ गतेसम्म सञ्चालनमा रहने त्रिदिवशीय उक्त तालिम कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि माननीय पद्मा खड्काले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै जनहितकारी सहकारीले सामाजिक क्षेत्रमा विभिन्न प्रकारले टेवा दिने गरेको सुन्दा खुसी लाग्छ । ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सीपमुलक उद्यमशील तालिम सञ्चालन गरेर नारीको सीप विकासमा टेवा पुगी आर्थिक सक्षमतामा वृद्धि हुने कुरामा विश्वास लिएको बताउनुभयो ।  

कार्यक्रममा जनहितकारी सहकारीका अध्यक्ष हरिहरनाथ योगी, सदस्यहरु कृष्णप्रसाद गौतम, सरस्वती गौतम, गोमा पौडेल, लक्ष्मी भूषाल, रत्ना अधिकारी, जयन्ती कोईरला, हिमलाल गौतम, प्रेम आचार्य लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै सभाध्यक्ष राधा कार्कीेले तालिमे महिलाको सीप र क्षमतामा वृद्धि गर्ने अपेक्षा लिएको बताउनुभयो ।

कार्यक्रम उपसमिति सदस्य जयन्ती कोईरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा रत्ना अधिकारीले स्वागत मन्तब्य दिनुभएको थियो । त्यसैगरी कविता गौतम प्रशिक्षक रहनुभएको उक्त तालिममा जनहितकारी साकोसको सेवा क्षेत्रका विभिन्न वडाबाट गरी ४० जना उद्यमी लक्षित महिला शेयर सदस्यको छनौट गरिएको संस्थाका वित्तीय परामर्शक भोजप्रसाद आचार्यले जानकारी दिनुभयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top