ट्रेण्डिङ

होमपेज / सहकारी

गणेशजलमा बैंकबाट सहकारीको खातामा रकम ट्रान्फर सेवा शुरू

नेपालगाथा २०७८ माघ १ गते शनिबार १९:३३:२८ मा प्रकाशित

सुर्खेत। श्री गणेशजल बहुउदेश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रविधिमा आधारित थप नयाँ सुविधा सुरु गरेको छ । अब गणेशजल सहकारी संस्थाका सदस्यले GMC SMART प्रयोग गरेर बैंक खाताबाट आफ्नो सहकारीको खातामा सहजै रकम ट्रान्सफर  गर्न सक्नेछन् ।

संस्थाका अध्यक्ष प्रेमकुमार बिसीका अनुसार गणेशजल सहकारीले सुरु गरेको यो सेवा नेपालमै पहिलो हाे । संस्थाले वालेट कम्पनी 'वी पे' (We Pay) सँगको सहकार्यमा सेवा सुरु गरेको बिसीले बताउनुभयो । यसरी हुने कारोबारको सेटलमेन्ट राष्ट्रिय सहकारी बैंकले गर्ने छ ।

बैंक तथा वित्तीय संस्थाका खाताबाट सहकारी संस्थाको खातामा रकम ट्रान्सफर गर्न नेपालमा पहिलो पटक राष्ट्रिय सहकारी बैंक ‘सेटलमेन्ट बैंक’ समेत भएको छ । राष्ट्रिय सहकारी बैंकले बैंक टू सहकारीमा रकम ट्रान्सफरको सेटलमेन्टको परिक्षण गरिरहेको छ । हाल केही सहकारीमा परिक्षण भईरहेको बैंकले जनाएको छ । गणेशजल पश्चिम नेपालमै पहिलो पटक ATM सेवा, सहकारीबाट बैकमा रकम रकमान्तर गर्ने पहिलो सहकारी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top