ट्रेण्डिङ

होमपेज / सहकारी

जनहितकारीकाे सदस्य भेटघाट तथा घरदैलो अभियान सम्पन्न

नेपालगाथा २०७८ पौष १० गते शनिबार २०:२०:५० मा प्रकाशित

सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतले शनिबार सदस्य भेटघाट तथा घरदैलो अभियान सम्पन्न गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अनुसार, संस्थाको २३औं स्थापना दिवसको अवसर पारी आफ्नो सेवाक्षेत्र अन्तर्गत वीरेन्द्रनगरको वडा नं. ३ को मुलपानी, मसुरीखेत तथा ज्योति टोलमा भेटघाट तथा घरदैलो कार्यक्रम गरिएको हो ।

स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रमकाे रुपमा पौष १० गतेका दिन संस्थाका निक्षेप वृद्धि उपसमितिका संयोजक लोकप्रसाद ढकालको संयोजकत्व र संस्थाका निमित्त प्रबन्धक मित्रेन्द्रनाथ योगीको नेतृत्वमा सम्पूर्ण कर्मचारीको उपस्थितिमा सदस्य भेटघाट तथा घरदैलो अभियान सम्पन्न भएकाे हाे । उक्त अभियानबाट उत्साहाजनक रुपमा थप नयाँ ८३ जना शेयर सदस्य तथा ३७ जना नयाँ बाल सदस्य गरी जम्मा १२० जना सदस्यहरु वृद्धि भएकाे निमित्त प्रबन्धक योगीले नेपालगाथालाई बताउनुभयाे ।

समुदायमा संस्था प्रतिको दृष्टिकाेण सकारात्मक पाएको संस्थाका वित्तिय परामर्शक भोजप्रसाद आचार्यले जानकारी दिनुभयो । पौष १० गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पौष १२ गते सेवा क्षेत्र भित्रका सहकारी संस्थाहरुबीच अन्तरक्रिया, पौष १३ गते आखाँदान कार्यक्रम, पौष १४ गते मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, पौष १६ गते नि:शुल्क स्वास्थ्य शिविर, पौष १७ गते ७० बर्ष पुरा हुनुभएका जेष्ठ सदस्य सम्मान कार्यक्रम र पाैष १८ गते अन्य विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण एवं स्थापना दिवश मुल समारोह समापन कार्यक्रम रहेको वित्तिय परामर्शक आचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top