होमपेज / सहकारी
सुर्खेत । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको प्रथम चौमासिक समीक्षा बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिहरनाथ योगीको सभाध्यक्षमा सम्पन्न भएको समीक्षा बैठकमा संस्थाले गत श्रावणदेखि कार्तिक महिनासम्म गरेका गतिविधिहरुको समीक्षा गरिएको थियो । संस्थाले तय गरेका लक्ष्यहरु कति कार्यान्वयन भए या भएनन् भन्ने विषयमा गहन छलफल भएको बताइएको छ ।
.jpg)
समीक्षा बैठकले आगामी दिनमा थप पुँजी वृद्धि गरी परिचालन गर्नुका साथै निक्षेप संकलन तथा ऋण लगानीका लागि थप रणनीतिक योजना बनाएको छ । रणनीतिक योजनाले संस्थाको लक्ष्य पूरा गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष योगीले बताउनुभयो ।
कार्यक्रममा सञ्चालक समितिका सदस्यहरुका साथै निक्षेप वृद्धि संयोजक तथा उपसमिति, ऋण उपसमिति संयोजक तथा सदस्यहरु लगायत संस्थाका पूर्व सञ्चालक र कर्मचारी वर्ग गरी करिब ४० जनाको उपस्थिति रहेको थियो ।