ट्रेण्डिङ

होमपेज / सहकारी

जनहितकारीकाे सहकारी शिक्षा शिविर

नेपालगाथा २०७८ मंसिर १० गते शुक्रबार १९:०१:४४ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगरस्थित जनहितकारी वचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा शुक्रबार सहकारी शिक्षा शिविर सम्पन्न भएको छ । संस्थाको वार्षिक कार्ययोजना अन्तर्गत संस्थामा नव आवद्ध सदस्यहरुलाई सहकारी सम्बन्धी आधारभुत शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भएको हो । 


तालिम कार्यक्रमका प्रमुख अतिथि एवम् वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष निलकण्ठ खनालले पानसमा दीप प्रज्वलन गर्दै बचत तथा ऋण सहकारीहरुमा शिक्षित सदस्य हुनु भनेको सुरक्षित सहकारी हुने बताउनुभयो । यसैगरी शिक्षा उपसमितिका संयोजक हरिहर बस्नेतले कार्यक्रमको औचित्यता माथि प्रकाश पार्दै सहकारी सफल हुने आधारभूत मान्यतालाई आत्मसाथ गर्दै तालिम आयोजना गरिएको बताउनुभयो ।

तालिमका प्रशिक्षकद्वय प्रेम आचार्य र लेखापाल बसन्तबहादुर बुढाले सहभागीलाई सहकारीका मूल्य, मान्यता, सिद्दान्त, संस्थाका गतिविधि, सहकारी संस्थामा आवद्ध हुनुका विभिन्न अवसर तथा फाईदाहरु, आर्थिक, सामाजिक तथा आर्थिक उन्नतिका उपाय एवम् संस्थाको बचत तथा ऋण नीतिका बारेमा प्रष्ट पार्नुभएको थियो । यसैगरी तालिममा सहकारीको प्लेटफर्ममा रहेर आफ्नो ब्यक्तित्व विकासका अवसरहरुकाका साथै समय सान्दर्भिक विषय बस्तुका बारेमा जानकारी गराइएको थियो ।  अन्तरक्रियात्मक रुपमा सञ्चालित शिक्षा शिविर कार्यक्रममा ५६ जना नयाँ शेयर सदस्य र कर्मचारीहरु गरी ६५ जनाको सहभागिता रहेको थियो । 


शिक्षा उपसमितिका सदस्य प्रदिप पन्तले संचालन गर्नुभएको तालिममा शिक्षा उपसमितिका सदस्य नरेन्द्र राज पुरीले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमममा एस.ओ.एस हर्मनमाइनर स्कूलका प्राचार्य जगदिश ढकाल, शिक्षा उपसमिती सदस्यद्वय प्रदिप पन्त र नरेन्द्रराज पुरी, बजार सेवा केन्द्रका प्रमुख मित्रेन्द्रनाथ योगी लगायतको उपस्थिति रहेको संस्थाका वित्तीय परामर्शक तथा सुचना अधिकारी भोजप्रसाद आचार्यले जानकारी दिनुभयो ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top