ट्रेण्डिङ

होमपेज / सहकारी

जनहितकारी साकोसको २२औं स्थापना दिवस सम्पन्न 

नेपालगाथा २०७७ पौष १८ गते शनिबार १८:३१:५१ मा प्रकाशित

सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको २२औं स्थापना दिवस शनिबार सहकारीको प्राङ्गणमा सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीको समयमा स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरी सप्ताहव्यापी कार्यक्रम गरेर स्थापना दिवस मनाइएको सञ्चालक समितिका अध्यक्ष हरिहरनाथ योगीले जानकारी दिनुभयो । पौष ११ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ५० जना नयाँ शेयर सदस्यहरुलाई सहकारी शिक्षा शिविर सञ्चालन र करिव ३०० जना विभिन्न विद्यालयमा अध्ययनरत यस संस्थाका बाल सदस्यहरुलाई कक्षा प्रथम, द्वितीय, तृतीय पुरस्कार तथा एस.ई.ई र कक्षा ८ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र छात्रालाई नगद पुरस्कार प्रदान गरिएको छ । यसै गरी ७० वर्ष पूरा गर्नुभएका सहकारीका एक सय ५२ जना जेष्ठ शेयर सदस्यलाई न्यानो बल्याङ्केट प्रदान गरिएको छ । 

प्रदेश आयूर्वेद अस्पताल सुर्खेतको समन्वयमा स्वास्थ्य चेक जाँच तथा औषधी वितरण गर्नुका साथै स्वैच्छिक बचत तर्फ १० जना सदस्य, नियमित मासिक बचत तर्फ ७  जना, विभिन्न शीर्षकका कर्जामा नियमित किस्ता तिर्ने तर्फ गोलाप्रथाबाट ७ जना र सर्वाधिक मासिक बचततर्फ मायाकुमारी बि.सी.लाई सम्मान तथा पुरस्कृत गरिएको छ । यसैगरी सर्वाधिक स्वैच्छिक बचत तर्फ बाबुकाजी कार्की, सर्वाधिक आवधिक बचतमा हेमप्रसाद पन्त, सर्वाधिक शेयरतर्फ सूर्यबहादुर रावत, सर्वाधिक बाल बचततर्फ प्रज्ञा पाण्डे, दैनिक बचततर्फ सरजु लामा र स्वास्थ्य बचततर्फ बलराम खत्रीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । 

स्थापना दिवसको अवसरमा सबैभन्दा जेष्ठ सदस्य सम्मानमा विष्णु गिरी, संस्थापक सदस्य सम्मानमा नवराज देवकोटा, उत्कृृष्ट कर्मचारी सम्मानमा पवन योगी, सहयोग तथा समन्वय सम्मानतर्फ प्रदेश आयूर्वेद अस्पताललाई सम्मान गरिएको छ । विभिन्न चरणमा पौष ११ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम पौष १८ गते मुल समारोह कार्यक्रम गर्दै सम्पन्न भएको हो । मुल समारोह कार्यक्रमका संयोजक संस्थाका कोषाध्यक्ष नवराज कंडेलको सभाध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा जनहितकारी साकोसका अध्यक्ष हरिहरनाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

संस्थाका शाखा सुवरीवेक्षक श्री कृष्णप्रसाद गौतमले सञ्चालन गर्नुभएका कार्यक्रममा एस.ओ.एस. हमर्न माईनरका प्राचार्य जगदीश ढकाल तथा सञ्चाक समितिका सदस्य, उपसमितिका पदाधिकारीहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top