ट्रेण्डिङ

होमपेज / सहकारी

प्रविधिमा गणेशजल सहकारीको फड्को

थप तीन सेवा विस्तार

नेपालगाथा २०७७ मंसिर २३ गते मंगलबार १९:४६:३० मा प्रकाशित

सुर्खेत । गणेशजल बहुउदेश्यीय सहकारी संस्थाले बढ्दो प्रविधिको प्रयोगलाई विस्तार गरेको छ । संस्थाले गणेशजल स्मार्ट एप मार्फत फोनपे तथा ईसेवासँग सम्झौता गरी क्यूआर मर्चेन्टमा क्युआर स्क्यान गरी बिल भुक्तानी गर्न सकिने सेवा र खल्ती वालेटमा सहजै रकमान्तर गर्न सकिने व्यवस्था सञ्चालन गर्न लागेकाे संस्थाका अध्यक्ष प्रेमकुमार वि.सीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७६/०७७ लाई ‘प्रविधिको विकास वर्ष’का रुपमा अबलम्बन गरी संस्था अघि बढिरहेकाे समेत उहाँले जानकारी दिनुभयाे । संस्थाले मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङलाई विशेष प्राथमिकता दिएको छ । चालु आर्थिक वर्षमा प्रविधिमैत्री सेवा थप वृद्धि गर्दै लैजाने अध्यक्ष विसीले बताउनुभयो ।

हाल संस्थाले मिस्डकल बैंकिङ, क्युआर भुक्तानी, एटिएम सेवा, अन्तर बैंक रकम ट्रान्सफर, वालेटमा ब्यालेन्स लोड ईसेवा बाट सहकारीमा रकम ट्रान्सफर लगायतको सेवा प्रवाह गर्दै आएको छ ।

गणेशजल स्मार्ट एप र ई–बैंकिङमार्फत सदस्यहरु घरमै बसेर आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, अन्तर बैंक रकम ट्रान्सफर, वालेट लोड, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् ।

त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी, १४ वटा बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सक्छन् । संस्थाका झण्डै २ हजार सदस्यले मोबाईल बैंकिङ सेवा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top