ट्रेण्डिङ

होमपेज / सहकारी

जनहितकारीको सेवाकालिन तालिम सम्पन्न

नेपालगाथा २०७७ भाद्र ९ गते मंगलबार २१:३१:४६ मा प्रकाशित

सुर्खेत । जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर सुर्खेतले कर्मचारीहरुका लागि एक दिने सेवाकालिन तालिम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगीले कोरोनाको महामारीको यो विषम परीस्थितिमा पनि जनहितकारीले सदस्यरुलाई अत्यावश्यक सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कोभिड १९ को चुनौतीको सामना गर्दै सम्पुर्ण कर्मचारीहरुले यसरी नै एकताबद्ध, क्रियाशील र परिणाममुखी नतिजाका लागि प्रतिबद्धताका साथ सहकारी अभियानको जिम्मेवारी वहन गरेकोमा खुशि ब्यक्त गर्नुभयो । 
कार्यक्रमका विशेष अतिथि नवराज कंडेलले शेयर सदस्यहरु नै संस्थाका मालिक भएकाले जस्तोसुकै परिस्थिका बावजुद पनि गुणस्तरीय सेवा प्रदान गर्नु कर्मचारीहरुको मुल धर्म भएकाले आफूसँग लुकेर रहेको रचानात्मक कार्यशैलीको प्रदर्शन गनुपर्नेमा जोड दिनुभयो ।
विभिन्न चार भागमा विभाजन गरी सञ्चालन गरिएको तालिममा नियमित सञ्चालन र आचारसंहिता विषयमा हिमलाल गौतम, सेवा र नवीनतम प्रविधिको विषयमा मितेन्द्रनाथ योगी, ऋण तथा ऋण ब्यवस्थापन विषयमा प्रेम आचार्य र लेखा संकलन र भुक्तानी प्रक्रियाका बारेमा लेखापाल वसन्तबहादुर बुढाले सहजीकरण गनुभएको थियो ।
जनहितकारी संस्थाका प्रबन्धक हिमलाल गौतमको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरुका साथ सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो । २० जना कर्मचारीहरु उपस्थित भएको तालिमको समापन समारोहको सञ्चालन प्रेम आचार्यले गर्नुभएको संस्थाका कर्मचारी भोजप्रसाद आचार्यले नेपालगाथालाई जानकारी दिनुभयो ।   
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top