ट्रेण्डिङ

होमपेज / सहकारी

जनहितकारीको पञ्चवर्षीय रणनीतिक व्यवसायिक योजना तथा समीक्षा बैठक सम्पन्न

नेपालगाथा २०७७ श्रावण २४ गते शनिबार २२:४३:२१ मा प्रकाशित

सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्थाको पञ्चवर्षीय रणनीतिक व्यवसायिक योजना तथा समीक्षा बैठक शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । 
व्यवसायिक योजना तथा समीक्षा बैठकमा आफ्ना भनाइ राख्दै संस्थाका अध्यक्ष हरिहरनाथ योगीले पञ्चवर्षीय रणनीतिक व्यवसायिक योजना आगामी पाँच वर्षमा सहकारीलाई कहाँ पु¥याउने भन्ने खाका भएकाले सोही अनुसार कार्ययोजना बनाइ कार्यान्वयनतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 


सहकारी संस्थाले आगामी पाँच वर्षसम्म के र कस्ता गतिविधि गर्ने भन्ने सम्बन्धमा तयार पारेको रणनीतिक व्यवसायिक योजनाका बारेमा व्यापक छलफल गरेको थियो । छलफलबाट आएका सुझाव तथा सल्लाहहरुलाई समेटेर पञ्चवर्षीय रणनीतिक व्यवसायिक योजना पास गर्ने निर्णय भएको सहकारीका शाखा प्रमुख मितन्द्रनाथ योगीले जानकारी दिनुभयो । व्यवसायिक योजनाले सहकारीका सदस्यहरुको व्यवसायमा थप लगानी गर्दै उनीहरुको पेशा र व्यवसायलाई थप मद्दत पुग्नेमा सहभागीहरुले धारणा राखेका थिए । सहकारीले विगतदेखि नै सानो सानो पुँजीलाई परिचालन गर्दै सदस्यहरुको व्यवसायमा टेवा पु¥याउँदै आएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top