ट्रेण्डिङ

होमपेज / सहकारी

‘समयअनुसार आफूलाई परिस्कृत गर्नुपर्छ’– अध्यक्ष योगी

सहकारीकाे समिक्षा तथा आगामी नीति तथा कार्यक्रम सम्बन्धी गोष्ठी सम्पन्न

नेपालगाथा २०७७ श्रावण १७ गते शनिबार २३:४२:५३ मा प्रकाशित

सुर्खेत । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिहरनाथ योगीले समय अनुसार आफुलाई परिस्कृत गर्दै अगाडि बढ्नु पर्ने बताउनुभएको छ । शनिबार संस्थाका सभाहलमा सहभागीहरुलाई सम्बोधन गर्दै अध्यक्ष योगीले सहकारीका सदस्यलाई गुणस्तरीय सेवा तथा सदस्यलाई संस्थाप्रति बफादार बनाउन नयाँ ढंगले योजना बनाई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाको र्थिक वर्ष २०७६/०७७ को समिक्षा तथा २०७७/७८को नीति तथा कार्यक्रम सम्बन्धी गोष्ठि सम्पन्न भएको छ । सहकारीले प्रत्येक आवको त्रैमासिक र अर्ध वार्षिक समिक्षा गर्ने गरेकोमा यस वर्ष कोभिड १९ का कारणले २०७७ असार मसान्तमा समिक्षा गर्न नसकेपछि शनिबार संस्थाको सभा हलमा सम्पन्न गरेको हो । साथै, संस्थाको गुणस्तर तथा वित्तिय सुरक्षाका लागि पल्र्स र संस्थाको नीतिगत सुधारका लागि हिमाल इन्डिकेटरका बारेमा छलफल भएको संस्थाका शाखा प्रमुख मितेन्द्रनाथ योगीले जानकारी दिनुभयो । 
संस्थाले आ.व.२०७६।०७७ मा तय गरेका नीति तथा कार्यक्रममा कति सम्पन्न भए र के कति कारणले सम्पन्न हुन सकेनन् भन्ने विषयमा छलफल गरेको छ । साथै सम्पन्न नभएका र नयाँ तय गरिएका कार्यक्रमहरुलाई यस आ.व.२०७७।०७८ मा के कसरी सम्पन्न गर्ने भन्ने विषयमा समेत छलफल गरिएको छ ।
कार्यक्रममा संस्थाका संचालक समितिका सदस्यहरु, उपसमितिका सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top