ट्रेण्डिङ

होमपेज / सहकारी

एक सहकारी एक उत्पादन कार्यक्रम सुरु गरिने 

नेपालगाथा २०७७ असार १ गते सोमबार १२:१९:३९ मा प्रकाशित


सुर्खेत । कर्णाली प्रदेश सरकारले सहकारीलाई उच्च प्रथामिकतामा राख्दै एक सहकारी एक उत्पादन कार्यक्रम सुरु गर्ने बताएको छ । कर्णाली कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक बर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै एक सहकारी एक उत्पादन कार्यक्रम सुरु गरिने बताए । सहकारीको माध्यमबाट रोजगारी तथा कृषि बस्तुको विकासमा विशेष जोड दिएको भन्दै उनले  
सहकारीको माध्यमबाट उत्पादन, वितरण, भण्डारणलाई प्रोत्साहन गरिने बताए । साथै सहकारी नियमन प्रर्णालीलाई प्रभावकारी बनाइने समेत बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top