ट्रेण्डिङ

होमपेज / सहकारी

गणेशजलको ई–बैंकिङ सेवा शुरु, सदस्यले घरबाटै कारोबार गर्न सक्ने  

नेपालगाथा २०७७ जेठ ५ गते सोमबार २१:००:५२ मा प्रकाशित

सुर्खेत । गशेशजल बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले ई–बैंकिङ सेवा सुरु गरेको छ । वीरेन्द्रनगर ३ जुम्लारोडमा मुख्य कार्यालय रहेको संस्थाले १३ औँ स्थापना दिवसको अवसरमा ई–बैंकिङ सेवा सुरु गरेको हो । यो संगै अब सदस्यहरुले घरबाटै कारोबार गर्न सक्ने छन् । लकडाउनको समयमा सदस्यले घरबाटै यो सेवा लिन सकिने संस्थाका अध्यक्ष प्रेमकुमार वि.सीले जानकारी दिए । अब सदस्यले घरमै बसेर आफ्नो खाताको रकम अन्य बैंक मा ट्रान्सफर गर्न, सहकारी बाट ई–सेवामा रकम राख्न, डिपोजिट स्टेटमेन्ट, लोन स्टेटमेन्ट, चेक रिक्वेस्ट, ईन्टरनल फन्ड टान्सफर तथा आफ्नो खाताको बारेमा विभिन्न जानकारी अनलाईनबाट लिन सकिने अध्यक्ष वि.सी को भनाई छ । 

अध्यक्ष वि.सीका अनुसार सहकारीका सदस्यले मोबाइलमा रिचार्ज गर्न, टिभि, बिजुली, इन्टरनेट, खानेपानी तथा ल्याण्डलाइनको बिल भुक्तानी पनि अनलाईनबाटै गर्न सक्नेछ । संस्थाले मोबाईल बैकिङ सेवा पनि विगत देखिनै प्रदान गर्दै आएको छ । लकडाउनको समयमा संस्थाले घरबाटै मोबाईल बैकिङ सेवा लिन सक्ने नयां फिचर आएको छ । 

गणेशजलले पश्चिम नेपालमै पहिलो पटक एटिएम संचालन गरिसकेको छ भने ई बैकिंग सेवा, गणेशजल स्मार्ट एप्स, नगद रहिद भुक्तानि सेवा (क्यूआर कोर्ड) सेवा संचालन गरि सदस्यलाई संस्थामा जानु पर्र्ने झन्जट हटेको संस्थाका प्रवन्धक रंगाबहादुर सिंहले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top