ट्रेण्डिङ

होमपेज / सहकारी

जनहितकारीको एक लाख बढी सहयोग

नेपालगाथा डेस्क २०७६ चैत्र २२ गते शनिबार २२:३१:०७ मा प्रकाशित

सुर्खेत । जनहितकारी बचत तथा ऋण सहकारी संस्था सुर्खेतले वडा विपत तथा जलवायु उत्थानशील समितिमा एक लाख ११ हजार सहयोग रकम उपलब्ध गराएको छ । 
शनिबार जनहितकारी सहकारीका अध्यक्ष हरिहरनाथ योगीले वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नीलकण्ठ खनाललाई उक्त रकम बराबरको बैंक अफ काठमाडौंको चेक हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष योगीले लकडाउनका समयमा दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने नागरिकहरुको जीवनयापनमा कठिन महशुस भइरहेकाले सरकारले एकद्वार प्रणालीमार्फत सहयोग गर्ने अवधारणा ल्याएकाले स्थानीय वडा सरकार मार्फत सहयोग गरेको बताउनुभयो । साथै उहाँले सामान्य जीवन सञ्चालनका लागि सरकारको तर्फबाट गरिने प्रयत्नमा जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले पनि हातेमालो गरिहेको जानकारी दिनुभयो ।
सहयोग रकमसहितको चेक बुझ्दै वडा अध्यक्ष खनालले सहकारीले प्रदान गरेको सहयोगले सरकारले तय गरेको एकद्वार प्रणालीमार्फत दैनिक ज्याला मजदुरी गर्नेहरुलाई वितरण गरिने बताउनुभयो । सोही अवसरमा उहाँले सहयोगीदाताहरुलाई सरकारको एकद्वार प्रणाली अन्तर्गत सहयोग उपलब्ध गराउनसमेत आग्रह गर्नुभयो । 
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीबाट नेपाली जनतालाई सुरक्षित राख्न नेपाल सरकारले नेपालभर नै लकडाउन गरिरहेको छ । यस अवस्थामा त दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही कठिन भइरहेको छ । यस्तो परिस्थितिमा विभिन्न क्षेत्रका महानुभावहरु, संघसंस्थाहरुले सहयोगी हातहरु एक पछि अर्को फैलिइरहेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top