होमपेज / सहकारी
सुर्खेत । श्री गणेशजल बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १ देखि १६ नम्वर वडाका लागि फिल्ड सहजकर्ता पदमा कर्मचारी माग गरेको हो । साथै बचत संकलक पदमा पनि केही संख्यामा कर्मचारी माग गरेको संस्थाका अध्यक्ष प्रेम बिसीले जानकारी दिए । गणेशजल सहकारीले पश्चिम नेपालमा पहिलोपटक एटिएम सेवा सञ्चालन गरेको छ ।
इच्छुक तथा योग्यात पुगेका उम्मेदवारले २०७६ माघ ७ गतेसम्म आवेदन दिनसक्ने संस्थाले जनाएको छ ।