होमपेज / सहकारी
सुर्खेत । सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर सुर्खेतले १८ औं स्थापना दिवसको अवसरका सुर्खेत नेवारेमा रहकाे मानवसेवा आश्रममा रहेका असाहयका लागि टिभि सहित डिसहोम तथा खाद्यान्न वितरण गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि ध्रुबकुमार श्रेष्ठले खुल्ला आकाश मुनिको सडक र सडक पेटीमा कष्टकर जीवन बिताई रहेका अपाङ्ग असाहय, अशक्त व्यक्तिहरुलाई बिना सर्त संस्थागत रुपमा पालन–पोषण गर्ने कार्य आफैमा चुनौति रहेको बताउँदै सहकारी संस्थाले सहयाेग गरेकोमा खुशी व्यक्त गर्नुभयाे । असहायहरुलाई भेदभाव रहित जनचेतना जगाउन पनि आवश्यक रहेको बताउँदै उहाँले आश्रमलाई आवश्य परेको बेला जुनसुकै समयमा पनि आफुले निशुल्क कानुनी परामर्श दिने बताउनु भयो ।
कार्यक्रका सभापति एवंम संस्थाका अध्यक्ष गणेशकुमार बस्नेतले २०५८ साल साउन ३० गतेका दिन स्थापना गरिएको सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाले बचत संकलन गरी कर्जा लगानी गर्ने कार्य मात्र नभई सामाजमा रहेका अशक्त, असहाय बृद्धबृद्धा, बालबालिकाहरुलाई विभिन्न सहयोग गर्नुका साथै स्वास्थ्य, सरसफाई, वातावरण संरक्षणका विभिन्न जनचेतना मूलक कार्यक्रमहरु गर्दे आईरहेको बताउनु भयो ।
यसैगरी कार्यक्रमका अतिथि एवंम् मानवसेवा आश्रमका प्रमुख संजिता गौतमले, यस केन्द्रमा धेरै व्यक्ति, संघसंस्थाले नगदी, लत्ताकपडा, खाधान्न, मौसमी तरकारी जस्ता सामाग्रीहरु दिएर सहयोग गर्दे आईरहेको बताउनुभयाे । साथै उहाँले अहिले थुप्रै असहाय व्यक्तिहरु जो सडक पेटीमा दिन गुजारी रहनु भएको थियो उहाँहरुलाई यसरी आश्रममा नै आएर सहयोग पुर्याउनु भएकोमा विभिन्न सहकारी, गैर सरकारी संघ संस्था, सहकारी, विधालय र व्यक्तिहरुप्रति धन्यवाद व्यक्त गर्नुभयाे । विसं २०५९ साल भाद १३ गते हेटौडा देखि शुरु गरेको मानवसेवा आश्रम सुर्खेत जिल्लामा १३औं शाखाको रुपमा स्थापना भईरहदा आश्रममा हालसम्म २२ जना पुरुष र १३ जना महिला गरी हाल सम्म ३५ जना आश्रित रहेको साथै आगामि दिनहरुमा पनि असाहय व्यक्तिहरुको आवश्यकताका लागि सहयोग मिल्ने आशा समेत व्यक्त गर्नु भयाे ।
कार्यक्रममा सहकारी संस्थाका सल्लाहकार झुपबहादुर बस्नेत, उपाध्यक्ष पूर्णबहादुर नेपाली, कोषाध्यक्ष सुरेशबहादुर गौतम, संचालक समितीका सदस्यहरु इच्दबहादुर थापा, महेश्वर तिवारी, राजेन्द्र गौतम, भद्र भण्डारी, शिक्षा उप–समितिका सदस्य बालकृष्ण श्रेष्ठ, महिला परिचालन उप–समिती संयोजक चन्द्रा खड्का लामिछाने, संस्थापक सदस्य बालकृष्ण पौडेल, परियोजना निरिक्षण उपसमितीका संयोजक रुद्धबहादुर गाहा, लेखासमिती सदस्य नगेन्द चौलागाई र संस्थाका व्यवस्थापक प्रवेशमान मानन्धर उपस्थित रहेको थियाे भने कार्यक्रमको सहजीकरण शिक्षा उप–समिति संयोजक मिलन श्रेष्ठले गर्नु भएको थियो ।