ट्रेण्डिङ

होमपेज / प्रबिधि

एसरको स्विफ्ट एज १४ एआई ल्यापटप नेपाली बजारमा

विन्डोज ११ मा आधारित यो ल्यापटपको मूल्य ३ लाख रुपैयाँ तोकिएको छ

नेपालगाथा २०८३ असार २७ गते शनिबार १८:५३:२० मा प्रकाशित

काठमाडौं । एसर कम्पनीले आफ्नो प्रिमियम स्विफ्ट सिरिजअन्तर्गत कन्टेन्ट क्रिएटर तथा फोटो-भिडिओ एडिटिङमा काम गर्नेहरूलाई लक्षित गर्दै नयाँ पुस्ताको एआई क्षमतायुक्त अल्ट्रा बुक नेपाली बजारमा सार्वजनिक गरेकाे छ । नयाँ प्रिमियम एआई ल्यापटप स्विफ्ट एज १४ एआई (Swift Edge 14 AI) नामकाे रहेकाे छ ।

एसरका लागि नेपालको आधिकारिक वितरक म्याक्स इन्टरनेसनलले यो ल्यापटप नेपाली बजारमा भित्र्याएको हो । इन्टेल कोर अल्ट्रा सिरिज २ प्रोसेसरयुक्त ल्यापटपमा प्रिमियम ओएलईडी डिस्प्ले दिइएको छ ।

एआई फिचरले भरिपूर्ण ल्यापटप हलुका डिजाइनमा उपलब्ध छ । म्याग्नेसियम–एल्युमिनियमबाट बनेको ल्यापटपको तौल केवल ०.९९ किलोग्राम रहेको छ । जुन हाल बजारमा उपलब्ध सबैभन्दा हलुका १४ इन्च एआई ल्यापटपमध्ये एक भएको कम्पनीको दाबी छ ।

हलुका तौलका बाबजुद पनि यसको डिजाइन बलियो र प्रिमियम भएकाले यात्रा गर्ने तथा विभिन्न स्थानबाट काम गर्ने प्रयोगकर्ताका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ।

स्विफ्ट एज १४ एआईमा १४ इन्चको ३ के ओएलईडी टच डिस्प्ले दिइएको छ । कम्पनीका अनुसार यो कोर्निङ गोरिल्ला म्याट प्रो सर्फेस युक्त विश्वकै पहिलो ल्यापटप हो । यस प्रविधिले स्क्रिनमा पर्ने रिफ्लेक्सन कम गर्ने र उज्यालोमा पनि सहजै प्रयोग गर्न सकिने छ ।

यो ल्यापटप एआईमा आधारित कोपाइलट प्लस पीसी (Copilot+ PC) का रूपमा डिजाइन गरिएको छ । जसले गर्दा कुनै पनि एआईसँग सम्बन्धित काम सहज रूपमा प्रयोग गर्न सकिने दाबी कम्पनीको छ ।

प्रयोगकर्ताले रिकल (प्रिभ्यु), क्लिक टु डु (प्रिभ्यु), थप प्रभावकारी विन्डोज सर्च, लाइभ क्याप्सन तथा विन्डोज स्टुडियो इफेक्ट्सजस्ता विन्डोजका एआई सुविधा यसमा प्रयोग गर्न सक्नेछन् ।

यसमा छुट्टै कोपाइलट बटन पनि रहेको छ, जसबाट विन्डोज ११ मा माइक्रोसफ्ट कोपाइलट तुरुन्तै प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार फोटो एडिट, कागजात एडिटका लागि एआई टुल प्रयोग गर्दा ल्यापटपले छिटो र सहज रुपमा परिणाम दिनेछ ।

ग्राफिक्सका लागि यसमा इन्टेल आर्क ग्राफिक्स १४०भी (Intel Arc Graphics 140V) दिइएको छ। यसले फोटो एडिट, भिडिओ प्लेब्याक, सामान्य गेमिङ, कन्टेन्ट क्रियसन तथा एआईमा आधारित कामहरू सहज रूपमा गर्न सक्ने कम्पनीले जनाएको छ ।

सुरक्षाका लागि ल्यापटपमा फेस अनलक, फिङ्गरप्रिन्ट रिडर तथा माइक्रोसफ्ट प्लुटन सेक्युरिटी प्रोसेसर जस्ता सुविधा दिइएको छ । यसले प्रयोगकर्ताको डेटा सुरक्षित राख्न सहयोग गर्ने छ ।

स्विफ्ट एज १४ एआईमा ६५ वाट-आवर क्षमताको तीन-सेल लिथियम–आयन ब्याट्री रहेको छ। जुन यसले एक पटक चार्जमा २१ घण्टासम्म निरन्तर भिडिओ हेर्न सकिन्छ । नेपालमा यो ल्यापटप दुई फरक भेरियन्टमा उपलब्ध भएको छ । जसमा  इन्टेल कोर अल्ट्रा ९ २८८भी प्रोसेसर र इन्टेल कोर अल्ट्रा ७ २५६भी प्रोसेसर युक्त रहेको छ । त्यस मध्य इन्टेल कोर अल्ट्रा ९ २८८भी प्रोसेसर युक्त ल्यापटपमा ३२ जीबी र्‍याम, १ टेराबाइट पीसीआईई जेन४ एसएसडी, इन्टेल आर्क ग्राफिक्स १४०भी रेहको छ । विन्डोज ११ मा आधारित यो ल्यापटपको मूल्य ३ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, इन्टेल कोर अल्ट्रा ७ २५६भी प्रोसेसर युक्त ल्यापटपमा १६ जीबी र्‍याम, १ टेराबाइट पीसीआईई जेन४ एसएसडी, इन्टेल आर्क ग्राफिक्स १४०भी रहेको छ । विन्डोज ११ मा आधारित यो ल्यापटपको मूल्य ३ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top