ट्रेण्डिङ

होमपेज / खेलकुद

अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सुर्खेतका बाबु मल्ल ठकुरीले जिते स्वर्ण पदक

फेरि एकपटक देशकाे नाम र झण्डा उचाे बन्याे

नेपालगाथा २०८२ श्रावण ३१ गते शनिबार २१:३०:१३ मा प्रकाशित

सुर्खेत । भारतमा बझांगे बाघ रबिन्द्र ढॅाटले नेपालकाे झण्डा फराएकाे केही दिन बित्न नपाउँदै सुर्खेती फाइटर बाबु मल्ल ठकुरीले लण्डनमा नेपालकाे झण्डा फहराएका छन् । सुर्खेत यरीचाेकका बाबु मल्ल ठकुरीले लन्डनमा सम्पन्न द व्हाइट कॉलर फाइट क्लबद्वारा आयोजित खुला बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

ठकुरीले ८० केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका हुन्। अन्तर्राष्ट्रिय स्तरमा पहिलोपटक सहभागिता जनाएका ठकुरीले पहिलाे पटकमा नै स्वर्ण पदककाे उपाधि हात पारेका हुन् । 

केही समयदेखि लण्डनमा नै रहेका ठकुरीले त्यहाँ बस्दा पनि खेल क्षेत्रलाई अघि बढाइरहेका छन् । खेल जीवनमा आफूले अहिलेसम्मकै ठूलाे उपाधि जितेकाे बताउँदै ठकुरीले आगामी दिनमा देशका लागि थप स्वर्ण पदक हात पार्ने गरी अभ्यास गर्ने बताए । उनकाे याे सफलतासँगै नेपाल देशकाे नाम र झण्डा फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा उचाे भएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top