ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

नेपालगाथा २०८३ बैशाख १६ गते बुधबार १०:३६:१९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज(बुधबार) मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा) को संसदीय दलका नेतालाई पनि बोलाइएको छ ।

बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीति लगायत एजेण्डामा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top