ट्रेण्डिङ

होमपेज / समाज

विश्व बौद्धिक सम्पत्ति दिवस मनाइँदै

नेपालगाथा २०८३ बैशाख १३ गते आइतबार १२:२६:१८ मा प्रकाशित

काठमाडौं । आज(आईतबार) विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ ।

विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो)को पहलमा सन् २००० को अप्रिल २६ देखि विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ । विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ ।

विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top