होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनबहादुर खड्का नियुक्त भएका छन् । नवनियुक्त सचिव खड्काले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मंगलबार प्रदेशसभा सचिव नियुक्त भएका खड्कालाई कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पद तथा गोपनियताको शपथ गराइन् । सचिव खड्काले पदभार मंगलबार नै पदभार ग्रहण गरेका हुन् ।
सचिव खड्काको शपथ ग्रहण समारोहमा मुख्यमन्त्री यामलाल कँडेल लगायत विशिष्ट व्यक्तिहरुको भने उपस्थिति रहेको थियो । नवनियुक्त सचिव खड्का नेपाल सरकारका पूर्वसहसचिव हुन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–९, का खड्काले संघीय संसद् सचिवालयमा पाँच वर्ष कानुनी सहसचिव भएर काम गरेका थिए । खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ ।
नवनियुक्त सचिव खड्कालाई मुख्यमन्त्री कँडेलले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रदेशसभा सचिवालयका कर्मचारीहरुले खड्कालाई स्वागत गरेका छन् ।
कर्णाली प्रदेश सभाका तत्कालीन सचिव जीवराज बुढाथोकीले ६५ वर्ष उमेर पुगेसँगै चैत २५ गते राजीनामा दिएका थिए ।