होमपेज / विचार
विश्वमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएसँगै देश लकडाउनमा जान बाध्य भयो । लकडाउनका कारण मानिस घरभित्रै रहन बाध्य हुने अवस्था आयो । केही मानिसहरु आप्mना घरायसी तथा कृषिजन्य आवश्यकता परिपूर्तिका लागि वन जंगलमा प्रवेश गर्न थाले भने कतिपय खराब नियतका मानिसहरु यही मौकामा काठको चोरी—कटानी र तस्करी तथा वन्यजन्तुको चोरी शिकारीतर्फ सक्रिय हुन थाले ।
लक डाउनको समयमा पनि डिभिजन वन कार्यालय, सुर्खेतले आफ्ना गतिविधिलाई निष्क्रिय पारेन । यस्तो समयमा हुनसक्ने चोरी, तस्करी आदिलाई ध्यानमा राख्दै डिभिजन वन कार्यालय सुर्खेतले आफ्ना सबै युनिट र कर्मचारीलाई सक्रिय अवस्थामा राख्यो । वनको चोरी तस्करी, चोरी शिकार, अतिक्रमण आदिका सम्बन्धमा विभिन्न सरोकारवालासँग समन्वय र सहकार्य गर्दै आफ्ना गतिविधिहरुलाई क्रियाशील बनाइ राख्यो । यसैको फलस्वरुप जिल्लाका विभिन्न व्यक्ति÷स्थानबाट उजुरी एवम जनगुनासाहरु डिभिजन वन कार्यालयमा प्राप्त हुन थाले । यही बीचमा वन संरक्षणबारे जिल्ला सुरक्षा परिषद् र प्रदेश सुरक्षा परिषद्मा समेत कुरा उठ्न थाल्यो । यस पृष्ठभूमिमा वन तथा वन्यजन्तु संरक्षणका लागि डिभिजन वन कार्यालयले संरक्षण गतिविधिहरुलाई अझै सक्रिय बनाउनुको विकल्प थिएन । तसर्थ वन संरक्षणको पाटोमा विभिन्न निकाय र संघसंस्थाहरुसँग समन्वय गर्दै, आवश्यक सूचना सन्देश प्रसारण गर्ने काम डिभिजन वन कार्यालयबाट भयो । वन गस्तिलाई सशक्त बनाउदै एकसाथ सबै गतिविधिहरुको एकीकृत स्वरुप अर्थात् सक्रिय वन संरक्षण गतिविधि संचालन गर्ने निर्णय अनुसार लकडाउन अवधिमा वन संरक्षणका लागि थुप्रै गतिविधिहरु भए त्यसबाट केही उपलब्धी हासिल पनि भए ।
लकडाउनको अवधिमा वनक्षेत्रमा बढ्दै गएको अवैध क्रियाकलाप नियन्त्रण गरेर विषम परिस्थितिमा पनि वनको संरक्षण गर्नु गराउनु हामी सबैको कर्तव्य हो । अझै वनसँग सम्बन्धित कर्मचारी र संरक्षकहरुको त पहिलो दायित्व नै हो । सोही दायित्वलाई बुझेर वनलाई संरक्षण गर्न डिभिजन वन कार्यालयले निम्न गतिविधिहरु सम्पन्न ग¥यो ।
काठ दाउरा चोरी निकासी नियन्त्रण
वनअतिक्रमण नियन्त्रण
वन्यजन्तु चोरी शिकारी नियन्त्रण
वन बाहिर निस्केका वन्यजन्तुहरुको उद्दार
आगलागी नियन्त्रण
वन संरक्षणप्रति जनचेतना अभिवृद्धि
वन संरक्षणका अन्य गतिविधिहरु
डिभिजन वन कार्यालय सुर्खेतले लकडाउनको अवधिमा वनजंगलको सुरक्षाका लागि सक्रिय वन संरक्षण गतिविधिअन्तर्गत विभिन्न गतिविधिहरु सञ्चालन गरेको थियो । यसले पनि वन संरक्षणमा डिभिजन वन कार्यालय सुर्खेतको सक्रियता र क्रियाशीलता कस्तो रहेको छ भन्ने सहजै बुझ्न सकिन्छ । सक्रिय वन संरक्षण गतिविधिअन्तर्गत डिभिजन वन कार्यालय सुर्खेतले निम्न कार्यहरुलाई लकडाउनको समयमा पनि प्राथमिकताका साथ सम्पन्न गरेको थियो ।
१. सामुदायिक वन उपभोक्ता समूह तथा सर्वसाधारणलाइ लक डाउन अवधि भर वन पैदावार संकलनको उदेश्यले वन प्रवेश नगर्न नगराउन जिल्लाका विभिन्न एफएम रेडियोहरुबाट सूचना सम्प्रेषण ।
२. सम्पूर्ण सव डिभिजन वन कार्यालयहरुलाई आफना मातहतका वन क्षेत्रको सुरक्षार्थ सजग रहन र वन संरक्षण कार्यमा सामुदायिक वन उपभोक्ता समूहहरुलाई समेत परिचालन गर्ने व्यवस्था मिलाउन परिपत्र ।
३. जिल्लाका नौ वटै स्थानीय तहहरुलाई आ–आप्mना गाउँ÷नगर पालिका अन्तर्गतका वनक्षेत्र सुरक्षार्थ वन कर्मचारी तथा वन समूहहरुलाई सहयोग र समन्वय गरिदिन पत्र व्यवहार गरिएको ।
४. वन संरक्षण प्रयोजनका लागि सवारी पासलगायत प्रहरी प्रशासनको समेत सहयोग र समन्वय गरिदिन स्थानिय प्रशासनलाई अनुरोध ।
५. लकडाउनको समयमा वन संरक्षणलाई नै प्रमुख कार्य मानेर निम्न बमोजिम वन गस्तिको तयारी र परिचालन गर्ने रणनीति अख्तियार गरिएको थियो जसअन्तर्गत
सुर्खेत जिल्लालाई उपत्यका बाहेक २ वटा कलस्टरमा विभाजन गर्ने । कलस्टरअनुसार १÷१ वटा वन सुरक्षा टास्क फोर्स राख्ने, पश्चिम सुर्खेतको केन्द्र लेकगाउँ सवडिभिजन वन कार्यालय हुड्केमा केन्द्रित गर्ने । यसको कार्यक्षेत्र बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका हुने । त्यसैगरी पूर्वी सुर्खेतको हकमा छिन्चु सवडिभिजन वन कार्यालयमा केन्द्रित गर्ने र भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका कार्यक्षेत्र हुने ।
आवश्यकता अनुसार ३÷३ वटा सवडिभिजन सम्मिलित १२ देखि १८ जना वन प्राविधिक कर्मचारीहरु संयुक्त गस्तिमा रहने ।
पश्चिम सुर्खेतका लागि रेञ्जरद्वय सन्त थापा र महेश नेपालीले टिम कमाण्ड गर्ने त्यसैगरी पूर्वी सुर्खेतका लागि रेञ्जरद्वय भोजराज र घनश्यामले कमाण्ड गर्ने,
कार्यदलले आआप्mनो क्षेत्रमा दैनिक मोटर साइकल वा पैदल गस्ति परिचालन गर्ने । डिभिजन वन कार्यालयले जहाँ जतिवेला आवश्यक पर्छ आवश्यकता अनुसार सशस्त्र वन रक्षकको थप बल उपलब्ध गराउने ।
गस्तिको उपलब्धि फोटो वा भिडियो सहितको दैनिक रिपोर्ट इन्चार्जले राख्ने र आवश्यकता अनुसार डिभिजन वन अधिकृतलाई उपलब्ध गराउँदै जाने ।
६. यसै अवधिमा वन सुरक्षाकर्मीहरुका लागि भनेर वन तथा भू संरक्षण विभागबाट प्राप्त कोरोनाबाट बच्ने, बचाउने सुरक्षा सामग्री (मास्क, सेनिटाइजर आदि) सबै सवडिभिजन वन कार्यालयहरुलाई उपलब्ध गराइएको ।
७. वनमा हुने अवैध कार्यको तत्काल सूचना प्रवाह प्रभावकारी संचारका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्राप्त निःशुल्क एनसेल हिरो सिम वितरण गरिएको ।
८.वन्यजन्तु उद्दारका लागि वन तथा वातावरण निर्देशनालयबाट प्राप्त एक सेट उद्दार सामग्री गस्ति टोलीलाई उपलब्ध गराइएको ।
९. डिभिजन वन कार्यालयको आन्तरिक श्रोत परिचालन गरी टिमलाइ सवारी इन्धन, राशन आदिको व्यवस्थाका साथै वन गस्तिको एकरुपता, उत्प्रेरणाका लागि टिसर्ट छपाइ गरी वितरण गरिएको ।
१०. यो अवधिमा डिभिजन वन कार्यालयको सम्पूर्ण जनशक्तिलाई वन तथा वन्यजन्तु संरक्षणकै कार्यमा केन्द्रित गरिएको ।
११. यस अवधिमा सम्भव भएसम्म प्रचार प्रसार, जनचेतना अभिवृद्धि, सहजीकरण र समन्वयलाई पनि व्यापक गरिएको थियो । आन्तरिक सूचना आदानप्रदान प्रयोजनका लागि डिभिजन वन कार्यालयको नामबाट फेसबुक ग्रुप खोलेर गतिविधिलाई सार्वजनिक गरी सबै सरोकारवालाई जानकारी गराइएको ।
.jpg)
लक डाउनका समयमा डिभिजन वन कार्यालयले सञ्चालन गरेको गतिविधिबाट प्राप्त उपलब्धिहरु:
१. काठ बरामद र मुद्दा दायरी
लकडाउन शुरु भए यता मात्रैसुर्खेत जिल्लाभरबाट साल जातको चिरान तथा गोलिया गरी करिब ७०० क्यू.फि.भन्दा बढी चोरीका काठ बरामद भएका छन् भने करिब ५० क्यू.फि. काठ चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरि मुद्दा चलाइएको छ । २५ क्यू.फि. काठको बिगोसहित वनमा आरा चलाइरहेको अवस्थामा वनबाटै पक्राउ गरी दुई जनालाई मुद्दा दायरीका लागि अनुसन्धान चलिरहेको छ । बाँकी बेवारिसे अवस्थामा फेला परेका काठहरुको हकमा अनुसन्धान अधिकृत तोकी मुद्दाको अनुसन्धान तहकिकात भैरहेको छ ।
२. वन्यजन्तु संरक्षण
लकडाउनको असर वन्यजन्तु माथि पनि धेरै परेको छ । त्यसमा पनि काँक्रेविहार संरक्षित वन क्षेत्रका जरायोहरुमा विशेष असर परेको पाइएको छ । सम्भवत वन क्षेत्रको आकार र त्यहाँ भएका वन्यजन्तुको संख्या समानुपातिक नभएर होला यो बीचमा जरायोहरु वनक्षेत्रबाट बाहिर निस्कने र बस्ति पस्नेक्रममा घाइते अवस्थामा भेटिएका छन् । कतिपयलाई गोली लागेका र मृत अवस्थामा फेला परेका छन् । जिल्लाभर लकडाउनको अवधिमा मृग १, जरायो ३ मृत अवस्थामा फेलापरी कर्मचारीको रोहवरमा सदगत गरिएको छ । १ रतुवा १ मृग सुरक्षित बासस्थानमा छाडिएका छन् । घाइते अवस्थामा फेला परेका २ वटा जरायो उपचारका क्रममा मरेका छन् । यसैगरी बस्तिमा फेला परेको जरायो १ पुनः संरक्षित क्षेत्रभित्रै छाडिएको छ । मृगको एउटा बच्चा उद्दार गरी डिभिजन वन कार्यालयमै राखिएको छ ।
३. वन अतिक्रमण नियन्त्रण
लकडाउनको अवधिमा जिल्लाका विभिन्न भागमा वनक्षेत्र अतिक्रमण गरी बनाइएका ३ वटा घर टहराहरु वनगस्तिले हटाइ घटनास्थलमै सामान्य कारबाही सहित अतिक्रमणकारीहरुलाई सम्झाइबुझाइ छाडिदिएको छ भने, खेतिका लागि खनजोत गरिएका करिब २५÷३० रोपनी वनक्षेत्रमा लगाइएका बाली हटाइ पुन वनक्षेत्र कायम गरिएको छ । अतिक्रमण गर्न खोज्ने व्यक्तिहरुलाई वनगस्तिले सम्झाइ बुझाइ आइन्दा नगर्ने शर्तमा छाडिदिएको छ । अतिक्रमित क्षेत्रको नक्शा तथा क्षेत्रफल यकिन गरी वृक्षारोपण योजना तयार हुने क्रममा रहेको छ ।
४. आगलागी नियन्त्रण
यस वर्ष प्राकृतिक रुपले नै आगोलागी नियन्त्रण भएको छ । नियमित वर्षा भैरहनुले आगलागीका घटना धेरै हुन पाएनन । तर मानवीय कारणले हुने आगलागी नियमित र वनगस्तिको सक्रियताका कारण हुन पाएनन् । अघिल्ला वर्षहरुमा यो सिजनमा दशौं वनहरुमा आगोलागी भैसकेको हुन्थ्यो ।
५. समूह सहयोग
यस बीचमा विभिन्न सामुदायिक वनहरु र विशेष गरी भ्यालीसँग जोडिएका सामुदायिक वनहरुमा भैरहेका वन हानी नोक्सानी र दिनदिनै जस्तो वनप्रवेशका लागि उपभोक्ताहरुबाट परेको दबाव झेल्न गारो भइ समूहकै अनुरोधमा वन कार्यालयबाटै दैनिक गस्ति गरी भारी मात्रामा वन पैदावार, हातहतियार, डोरी नाम्ला जफत गरी कारबाहीका लागि सम्बन्धित समूहमा जिम्मा लगााइएको छ भने कतिपय सामुदायिक वन उपभोक्ता समूह सदस्यहरुलाई सहजकर्ताहरुद्वारा सहजीकरण मार्फत सम्झाइ बुझाई फर्काइएको छ ।
६. मौद्रिक मूल्यमा उपलब्धि
लकडाउनको अवधिमा पक्राउ परेका काठको मात्र बजार मूल्य जोड्ने हो भने पनि २८ देखि ३० लाख मूल्यको देखिएको छ । अतिक्रमित जग्गा तथा मृत वन्यजन्तुको यसमा गणना गरिएको छैन ।
लकडाउनको अवधि थपिदै जाने हो भने सकृय वन संरक्षणलाई पनि अझै बढाउदै लानु पर्ने देखिन्छ । यसका लागि सवारी पास सहज बनाउनेलयागत वन कर्मचारीहरुलाई परिचयपत्रको आधारमा आवागमन गर्न सहज बनाउनु पर्ने देखिन्छ । वन गस्ति र जन सम्पर्क धेरै हुने कर्मचारीहरुलाई कोरोनाबाट बच्ने सुरक्षा सामग्रीहरु उपलब्ध गराउनु पर्ने देखिन्छ । सकृय वन संरक्षणमा टिमको व्यवस्थापन अत्यन्तै महत्वपूर्ण बिषय भएकाले यसलाई नियमित कार्यजस्तै भन्दा पनि विशेष व्यवस्था गरी इन्धन आदिमा केही थप सुविधाहरु उपलब्ध गराउनुपर्ने देखिन्छ । वन गस्तिको क्रममा भेटिएका काठहरु ढुवानीका लागि डिभिजन वन कार्यालयको आप्mनै ट्रक वा ट्रेक्टर भएमा सहज हुने देखिन्छ ।
डिभिजन वन कार्यालय सुर्खेतले लकडाउन शुरु भएदेखि जेष्ठको पहिलो हप्तासम्म वन संरक्षणका लागि जे जति प्रयास गर्यो यसका लागि डिभिजन वन कार्यालय त धन्यवादको पात्र छदैछ त्यो भन्दा महत्वपूर्ण भनेको वन र वन्यजन्तुको संरक्षणले वातावरण संरक्षण हुनुका साथै यसले समाजमा सकारात्मक सन्देश पनि प्रवाह गरेको छ ।
(यो लेख डिभिजन वन कार्यालय सुर्खेतबाट प्राप्त प्रतिवेदनको आधारमा तयार पारिएको हो ।)