ट्रेण्डिङ

होमपेज / विचार

‘अबको भबिस्य, आत्महत्या कि आत्मनिर्भर ?’

विश्लेषण 

नेपालगाथा २०७७ जेठ ५ गते सोमबार १९:१३:१४ मा प्रकाशित

कोभिड १९ अथवा कोरोना भाइरसको कारणले गर्दा अहिलेको अबस्थामा विश्व नै शान्त, ठप रहेको छ । कोरोना भाइरस को कारणबाट संक्रमण हुने को संख्या झण्डै ४८ लाख पुगेको छ ।, १६ लाखले स्वास्थ्य लाप गरेका छन् भने भने मृत्यु हुनेको संख्या ३ लाख १६ हजार बढि पुगेको छ । नेपाल को सन्दर्भमा हेर्ने हो भने ३ सय ५७ जनामा संक्रमण देखिसकेको छ । नेपालमा बिस्तारै बिस्तारै संक्रमण हुने संख्या जारी रहेको छ । धेरै को संख्यामा नेपाली दाजु भाई दिदीबहिनी आफ्नो देश, मातृभुमी  छोडेर आफ्नो परिवार धान्नको लागि, आफ्नो पदाईलाई अगाडी बडाउनको लागि बिदेश जानुभएको छ र अबको १ पछि समयलाइ हेर्दै जाने हो भने झन डरलाग्दो परिस्थिति आउने छ ।

अबको १ महिना भित्रमा जति रोके पनि भारतबाट मात्रै न्युनतम १ लाख भन्दा बढी नेपाली फर्कन्छन । त्यस पछि कोरनाको महामारी फैलिन्छ तर मृत्यदरहरु अरु देशको हिसाबमा कमै होला । भारत बाहेक अरु देश बाट ५० हजारको हाराहारीमा स्वदेश फर्कन्छ्न । त्यस पछि देशमा कताकता खाद्यान्नको संकट देखा पर्नेछ । २ महिना पछि त्यतिनै बराबरीमा स्वदेशी नेपालमा भित्रिन्छ्न । त्यस पछि गाउँघर तिर गाउकै उब्जाउ बाहेक अरु चिजको संकट देखा पर्छ । गाउँमा समेत कोरोना फैलिएर त्रसित हुन्छ्न । शहरमा खाद्यान्न कमि हुँदै जानी र दैनिकी गुजरा गर्नेहरु समेतलाई प्रत्यक्ष अशर पर्ने छ । बैंक तिर असार मसान्त सम्ममा साहुहरुले किस्ता तिर्न नसके पछि बैंकलाई समेत प्रभाव पार्छ । बैंकले न लिलामी गर्न सक्छ न पैसा उठाउन सक्छ ।
३ महिना भित्रमा नेपालमा ४ देखी ५ लाख जति नेपालीहरु बाहिरबाट भित्रि सकेका हुन्छ त्यस्को असर सिधै रेमिटान्समा पर्छ । जस्ले देशको अर्थतन्त्रमा ठुलै धक्का लाग्नि निश्चित नै छ । 

यहि बेला अहिले उठेको लिपुलेक, लुम्पियाधारा, कालापानीको बिषयलाइ लिएर भारतले नाकाबन्दी लगाइदिनी निहुमा नेता किन्नी, देशको ठुलाठुला परियोजनालाइ आफ्नो अधिनमा राख्ने, सरकार फेरबदल गरि आफ्नो अधिनमा चल्ने सरकार बनाउन कोशिश गर्ने छन । यहि बेलामा राष्ट्र भक्तको नाममा ३ राजा आउ देश बचाउ भन्ने नारा घन्काउन केहि तत्वहरु सकृय हुने छन । भारतले राजा, नेता र सरकार, यि तिनैलाइ रोजि रोजि आफ्नो पक्षमा जो बढी झुकाव हुन्छ उसैलाइ नै सपोर्ट गर्ने प्राय निश्चित छ । अन्यथा धम्की दिएको नाका बन्दीलाइ केहि समयको लागि कार्यायन गरि धेरै चिजमा प्रभाव पार्ने छ । यस्को प्रत्यक्ष असर दैनिकी गुजरा गर्नेलाइ त पर्ने छ छ तर झन् प्रत्यक्ष असर मध्यम वर्गका नागरिकलाई पर्नेछ । किनकी यिनीहरु न दैनिकी काम गरी खानेहरु झै तल झरेर काम गर्न सख्छ्न । न त धनिले लुकाएर राखेको पैसाहरु झै निकाल्न सक्छन । किनकी यिनीहरु संग बैंकमा भएको सबै रित्ति सकेको हुन्छ । न त बिदेशमा रहेको आफ्नो परिवारले पठाउला भन्ने आशा हुन्छ । यस्तो बेलामा एउटै विकल्प निक्लिन्छ सक्छ ।

आत्महत्या गर्ने कि आत्मनिर्भर बन्ने?? 
प्रश्न यहि निर छ ? आफुले भने जस्तो खना, लाउन, गर्न नपाएको कारण ले गर्दा आत्महत्या गर्ने गर्छ । उनीहरु आफ्नो परिवारलाई कसरी पाल्नु छोराछोरीको बिधालय को शुल्क कहाँबाट लेउ कसरी तिरौँ आखिर जताबाट गर्दा पनी नहुने रैछ बरु यो संसारबाट बिधानै लिन्छु भनेर आत्महत्या गर्न बाध्य हुन्छन् । अबको हाम्रो भबिस्य पुरै विश्वस्तको साथ ग्यारेन्टी नै दिएर भन्न सक्छु कि यो संकट लकडाउन खोले पनि आउने छ नखोले पनि आउछ । नाकाबन्दी गरे पनी आउछ नगरे पनि आउछ । किनकी यो समस्या मेरो देशको मात्र होइन सारा विश्वको हो । हालको माहामारीको दबाई केहि महिनामा बनी हाले छ भने पनि हाम्रो जस्तो गरिब देशमा आइपुग्न कति समय लाग्ला भनेर मैले सम्झाइ नरहनु पर्ला । स्मरण रहोस मै हु भन्ने देशहरु बढी प्रभावमा परेकोले जति दबाइ बने पनि उतै सकिने छ । ब्ल्याक धन्दाको उतार चढाव रहनेछ ।

जहाँ हामी प्रतिस्पर्धा गर्न सक्ने क्षमता प्राय शुन्य झै हुने छाँै । त्यसैले अब सरकार ढल्ला नढल्ला, राजा आउला नआउला, सरकार कस्ले चलाउन, मेरो पार्टीले नेतृत्व लेला नलेला, मेरो छोराछोरी, परिवार वा आफन्तिहरु बिदेश छन भनेर कसैले फुङ्गी वा चिन्ता लगाउनी बेला होइन। तिम्रो पार्टीको सरकार आए पनि पुरानै अनुहार आउनी हुन । अझै २०÷२५ बर्ष यहि नेताहरुको सेरोफेरोमा देश घुम्छ । आज सम्म धेरै चोटी देशको नेतृत्व लिएर भुल्तो समेत उखाल्न नसको नेताको झोले बनेर छु मन्तर गर्दैमा देशले कायापलट गर्ने वा फेर्ने वाला छैन । हाम्रो बुढ्याउली सम्म आउनी हाम्रो सन्ततिको उज्ज्वल भबिस्य बनाउनिनै हो भने नेताले होइन हामि जनताले मात्र परिवर्तन गर्न सक्छौ। तर शंकल्प एउटै हुनु पर्छ ! 
‘मेरो जाती, मेरो धर्म, मेरो पेशा, मेरो पार्टी भन्दा माथी सदा राष्ट्रलाइ राख्नेछु ।’

अन्त्यमा कृपया गाउँ घरमा बिदेशबाट भर्खरै आउनु भएका होस वा गाउँ मै पहिल्यैबाट बस्नु भएका जोकोहिले आजैबाट बाझो भएको खेत, केरेसाबारी, खाली जग्गाहरुमा केहि न केहि खानी खाद्यान्नहरु जस्तै हरियो तरकारी, फलफुलका बुटाहरुलाइ रोप्न थाली हाल्नुहोस् । आफ्नो खैर घारिमा फल नदिनी रुख काटी फल दिनि रुख रोपौँ । बर्षाको मौसम आउनै थालेछ । त्यसैले रोप्नु मात्रै आफै फुल्नेछ । किनकी हाम्रो देशको माटोमा भगवानको पहिल्यै बरदान प्राप्त छ । 

अहिले विकाश निर्माण, कल कारखाना वा ठुलठुला योजनालाई प्राथमिकता नदिउ ! यो भोको ज्यानलाई २÷३ महिना पछि पैसाको आवस्यकता होइन पेट भर्नलाई आवश्यकता पर्छ त्यसैले आजै बाट आफ्नो वारि छ भने बारीमा साग सब्जी रोपी हाल्नुहोस, वारि छैन भने आफ्नो घरको छट पनि तपाईंहरूले गमला मा रोपन सक्नु हुने छ । गर्दा क नै हुदैन र नेपाल, गर्ने को लागि सबै चीज फलाउन सक्छ । चामल नै खानु पर्छ भन्ने छैन हरियो सागसब्जी र फलफुल खाएर भए पनि बाचौला नत्र भयावह अवस्था नआउला भन्न सकिन्न । 

त्यस पछि परिवार एकै ठाउँमा बसि एकल होस वा सामुहिक योजना, सामुहिक परिश्रम गरि आफ्नै देशमा पसिना बोगाइ देशको मुहार फेरि आत्मनिर्भर बनि देशलाइ समृद्धि तिरको बाटोमा लैजानको लागी पहिलो खाकाको सुरुवाती संगै मिलि गरौला । त्यसैले आउने दिनहरूलाइ अवसरको रुपमा हेरि आत्मबललाइ दरिलो बनाउनु होला । कहिल्यै नहारेको नेपाली कहिल्यै हार्ने छैनौ । यो लकडाउने थप नेपाली लाई चिनाएको छ । खास्मा नेपाली कस्तो होत नेपाली को अस्लि रुप के हो त भने प्रष्ट पारेको । आज अहिले पनि नेपाल आमा सम्झी रहेकी छिन नेपाली रगतलाइ जो स्वदेश तथा बिदेश मा हुनुहुन्छ ।
जय मातृभूमि, जय नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

Top