बिष्णुकुमार खड्काले २०७६ सालमा भाेग्नुभएका अनुभवकाे भाग आठसम्म आइपुग्दा माघ २५ गते शनिवारिय दैनिकीमा छोराछोरीहरुसङ्ग काक्रेविहार घुमघाममा निस्किनु भएकाे थियाे । अब हेराै अन्तिम अथवा नवाैं भागमा के के गर्नुभएकाे छ।
- मिति २०७६ फागुन ३ गते शनिवार सुदुरपश्चिमान्चल विश्वविद्यालयका आदरणीय रजिस्ट्रार एवं शिक्षाशास्त्र सङ्कायका डीन गोबिन्द बिष्ट र विशेष आवश्यकता शिक्षा , सुदुपश्चिमान्चल विश्वविद्यालयका उपप्राध्यापक मित्र डा. यज्ञराज पाण्डेय सहितको टीमसङ्ग दैलेखको शिरस्थानमा ज्वालाको अवलोकन भ्रमण भयो ।
- मिति २०७६ फागुन १० गते सुर्खेत क्याम्पस (शिक्षा) को डाइनिङ्ग हलमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय, साहित्य समाजको आयोजना गरिएको "महफिल" मा अमला अधिकारीको उपन्यास "आलय" माथि टिप्पणी मन्तव्य सहित प्रमुख अतिथिको रूपमा शुभकामना मन्तव्य राख्ने, रसिला र चोटिला गजल सुन्ने अवसर प्राप्त भयो ।
- मिति २०७६ फाल्गुण १५, १६ र १७ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय र बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर, बाके र बबई बहुमुखी क्याम्पस गुलरिया ,बर्दियाको संयुक्त आयोजनामा प्रा.डा. चन्द्रप्रसाद रिजाल सरको सहजीकरणमा क्याम्पसका प्राध्यापक कर्मचारी को सहभागितामा अभिमुखिकरण कार्यक्रम र A Day Workshop on QAA & Semester - Based System Transformation in Education कार्यक्रम सम्पन्न गरियो ।
- मिति २०७६ फागुन १९, २० र २१ गते सुर्खेतको बुलबुलेमा भएको कर्णाली उत्सवमा सहभागि भइयो l
- मिति २०७६ फागुन २८ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त श्रीमान उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह सरको सम्मानमा वीरेन्द्रनगर, सुर्खेत स्थित केन्द्रीय कार्यालय परिसरमा आयोजित स्वागत, बधाई तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमको उद्घोषण गर्ने अवसर प्राप्त भयो l
.jpg)
- मिति २०७६ फागुन ३० गते कर्णाली प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री दल रावलज्युको अध्यक्षतामा प्रदेश विश्वविद्यालयको रूपमा पर्वतीय बिज्ञान तथा प्रविधि विश्वविद्यालयको बिधयकको मस्यौदामाथी शिक्षा क्षेत्रका व्यक्तित्वहरुसङ्गको छलफल सम्पन्न भयो । उक्त विश्वविद्यालयको ऎनको मस्यौदा कार्यदलको एक सदस्यको भुमिकामा रहेर काम गर्ने अवसर प्राप्त भयो l
- मिति २०७६ चैत्र १ गते दिउँसो नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिको आयोजनामा नवनियुक्त उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहज्युको बधाई तथा स्वागत कार्यक्रममा सहभागि भइयो ।सोहि दिन बिहान कर्णाली प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री दल रावलज्युको अध्यक्षतामा प्रदेश शिक्षा योजना निर्माण सम्बन्धमा छलफल सम्पन्न भयो । कर्णाली प्रदेशको शिक्षा योजना मस्यौदा कार्यदलको सदस्यको भुमिकामा रहेर काम गर्ने अवसरको लागि सामाजिक विकास मन्त्रालय, प्रदेश शिक्षा विकास निर्देशनालय परिवारलाई आभार व्यक्त गरियो l
.jpg)
- मिति २०७६ चैत्र २ गते मध्य पश्चिमाञ्चल विश्वविद्यालयको पदाधिकारी बैठक नव नियुक्त उपकुलपति प्रा.डा.नन्द बहादुर सिंहज्युकोअध्यक्षतामा बसेको बैठकमा सहभागी भइयो । सोहि दिन रुपान्तरण नेपालद्वारा आयोजित कर्णाली सभ्यतामाथिको बहस तथा सम्मान कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह सरलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिदै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वाला एवं रुपान्तरण नेपालका अध्यक्ष मोहन शाही र कर्णाली को सभ्यतामाथि प्रस्तुतीकरण गर्दै प्रा.डा. नन्द बहादुर सिंह (उपकुलपति, मध्यपश्चिमाञ्चल विश्वविद्यालय), मा. योगेन्द्र बहादुर शाही ( सदस्य, कर्णाली योजना आयोग) र सह-प्रा. डा. मधुसूदन गिरी ( नेपाली भाषा तथा सस्कृतिविद ) रहेको कार्यक्रमको सहजीकरण गरियो l
.jpg)
- मिति २०७६ चैत्र ५ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, शिक्षाशास्त्र केन्द्रिय क्याम्पस र स्वास्थ तथा जनसंख्या शिक्षा शिक्षण समितिको आयोजनामा कोरना भाइरस सम्बन्धि सचेतना कार्यक्रम श्रीमान उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहज्युको प्रमुख आतिथ्यता, कर्णाली प्रदेश अस्पताल,सुर्खेतका बरिस्ठ फिजिसियन बिज्ञ डा. के.एन. पौडेल सरको सहजीकरणमा केन्द्रिय क्याम्पसमा सम्पन्न भयो । कार्यक्रमको बारेमा विषय प्रवेश र स्वागत मन्तव्य दिने अवसर प्राप्त भयो । सोहि दिन मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, शिक्षाशास्त्र केन्द्रिय क्याम्पसमा स्नातक तहको कक्षामा प्राध्यापक तथा विद्यार्थीहरुसङ्ग भेटघाट तथा अन्तरङ्ग कुराकानी गर्ने अवसर जुर्यो ।

- मिति २०७६ चैत्र ६ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस नारायण क्याम्पस दैलेखका प्राध्यापक तथा कर्मचारीहरुसङ्ग समसामयिक शैक्षिक प्राज्ञिक उन्नयन र विकास सम्बन्धि छलफल गरियो ।
- मिति २०७६ चैत्र ६-८ सम्म क्वारेन्टाइन स्पेशल @ घरमा दैलेख आमा बुबा र नातागोता भेटघाटमा बिताइयो l

- मिति २०७६ चैत्र ७ गते कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको सहयोगमा नेपाल राष्ट्रिय आधारभुत विद्यालय, भगवतीमाई ७ तप्लुङ्ग दैलेखको निर्मणाधिन भवनको अनुगमन सुपरिवेक्षणको क्रममा सङ्योगले सामाजिक विकास मन्त्रालयका प्रतिनिधि झलक कोइराला, शिक्षा समन्वय विकास इकाई दैलेखका प्रतिनिधि लगायतसङ्ग प्राथमिक तहको शिक्षा प्राप्त गरेको विद्यालयमा भेटघाट तथा समसामयिक सवालमा छलफलमा सहभागी भइयो ।
- मिति २०७६ चैत्र १० गते कर्णाली प्रदेश प्रमुख माननीय गोविन्द कलोनी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्द बहादुर सिंह बीच शिष्टाचार भेटघाट र कोरोना भाइरस कारण आएको परिस्थितिसङ्ग सामना गरेर अगाडि बढ्ने बिषयमा छलफल पछि सुर्खेत स्थित खुल्ला मंच र विश्वविद्यालयको कोरेन्टाइन क्षेत्रको स्थलगत अनुगमन सम्पन्न भयो र सहभागी भइयो | सोहि दिन मिति २०७६ चैत्र १० गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, विकास,योजना तथा अनुगमन निर्देशनालयका -निर्देशक प्रा.हिरन्यप्रसाद गौतम सरको औपचारिक रुपमा बिदाइ कार्यक्रम म.प.विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्द बहादुर सिंहज्यूको अध्यक्षतामा सम्पन्न भयो र उक्त कार्यक्रमको उद्घोषण गर्ने र उहाँलाई विदाई गर्ने अवसर प्राप्त भयो।
.jpg)
- मिति २०७६ चैत्र १५ को होम क्वारेन्टाइन ( लकडाउन) स्पेशल : पुरी तरकारी पकाएर आजको दिउसोको मेनु अनुरुप पारिवारिक अनुभुती बाडियो l
- कोरना भाइरस बिरुद्धको अभियान : मिति २०७६ चैत्र १६ को होम क्वारेन्टाइन (लकडाउन) स्पेशल : सादा रोटि र साग सहित दहिसङ्ग आजको दिउसोको अर्नि भयो : नितान्त निजि र पारिवारिक जीवन बिताइयो l
- मिति २०७६ चैत्र १८ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय का श्रीमान उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहज्युले आयोजना र समन्वय गर्नु भएको विभिन्न सङ्काय अन्तर्गतका डीन र सहायक डीनहरुसङ्गको बैठक कोराना भाइरस (कोभिड-१९) बिरुद्धको अभियानमा विश्वविद्यालय र मातहतका निकायले खेल्नुपर्ने भुमिकाको सन्दर्भमा बृहत छलफल तथा निर्देशन भयो । उपकुलपति प्रा.डा. सिंहज्युले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले निर्मणाधिन केन्द्रिय कार्यलय र इन्जिनियरिङ भवनलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्न सकिने देखि प्रदेश सरकार र केन्द्रिय सरकारको सहयोग र समन्वयमा प्रयोगशाला र अनुसन्धान केन्द्रको स्थापना गर्न लागेको समेत जानकारी गराउनु भयो । यसको साथै आवश्यक परेको बेला जतिबेला पनि क्वारेन्टाइनमा रहेकाहरुको सहयोग र सेवाको लागि खटिनुपर्ने अवस्था रहेमा तयार रहन समेत निर्देशन दिनुभयो । साथै उच्च स्तरीय सतर्कता र सजगताका लागि जनचेतनामुलक कार्यक्रमका लागि मोबाइल भ्यान सेवा समेत सन्चालन गर्ने सोच रहेको बताउदै उक्त कोभिड १९ भाइसका बिबिध आयमहरुको बारेमा जानकारी गराउनु भयो ।

- मिति २०७६ चैत्र २४ गते शिक्षाशास्त्र सङ्काय डीनको कार्यलय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आयोजना गरेको भर्चुअल बैठक सम्पन्न । विश्वविद्यालय अन्तर्गतका सम्पुर्ण क्याम्पसहरुमा कार्यरत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुमध्ये स्वयंसेवक भई कोरना भाइरस बिरुद्ध जुध्न विभिन्न माध्यम र भुमिकामा रहि काम गर्न चाहानेको लिस्ट बनाई यथासिघ्र पठाउने, अनलाइन क्लास को सम्भावनालाई कार्यन्वयन गर्न प्रयास गर्ने र अन्य जनचेतनामूलक कार्यक्रम जारी राख्न लेख, रचना र अनुसन्धान रिपोर्ट शेयर गर्न मिडिया र सामाजिक सन्जालको सदुपयोग गर्ने लगायत शैक्षिक प्राज्ञिक गतिविधिहरुलाई व्यवस्थित बनाउदै निरन्तरता दिने निष्कर्ष निकाल्दै श्रीमान डीन एवं रजिस्ट्रार, सह प्रा. यम बहादुर कार्की (Yam Karki) ज्युको अध्यक्षता, श्रीमान उपकुलपतिज्यु प्रा.डा. नन्द बहादुर सिंह (Nanda Bahadur Singh)ज्युको प्रमुख आतिथ्यता सहितको निर्देशन, पाठ्यक्रम विकास केन्द्रका निर्देशक सह प्रा. डा. लिलाधर तिवारी (Liladhar Tiwari)ज्युको बिशेष आमन्त्रित उपस्थिति र सार्थक एवं सक्रिय सहभागिताका लागि क्याम्पस प्रमुखज्युहरु (Jasbir Roka, Laxman Singh, Binod Agarwal, Sharma K. Shishir, Mukunda Sharma, Dipendra Thapa, Tul Bdr Rana, Bishnu Acharya, Shusil Kumar Bham, Chandra Chintan, Dilli Ram Bhandari) सबैलाई हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दै बैठकको निष्कर्ष अनुरुप गर्न गराउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरियो l
- मिति २०७६ चैत्र २७ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कोरना भाइरस (कोभिड १९) को विरुद्धको अभियानसङ्ग जुध्न सेनिटाइजर उत्पादन लगायतका सम्भावनाका विषयमा छलफल गर्न युवा बैज्ञानिक राजेन्द्र बिस्ट सरसङ्ग विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख Krishna Chapai र कार्यकारी परिषदका सदस्य समेत रहनुभएका जिव विज्ञानका उपप्राध्यापक Padam Raj Joshi सरसङ्ग प्रारम्भिक बैठक विहान सम्पन्न भयो । उक्त मिटिंगको समन्वय गर्ने काम गरियो l

- मिति २०७६ चैत्र २८ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कोरना भाइरस (कोभिड १९) को विरुद्धको अभियानसङ्ग जुध्न सेनिटाइजर उत्पादन लगायतका सम्भावनाका विषयमा विश्वविद्यालयका श्रीमान उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहज्युले श्रीमान रजिस्ट्रार सहप्रा. यम बहादुर कार्की सर सहित युवा बैज्ञानिक राजेन्द्र बिस्टले उक्त सेनिटाइजर उत्पादनका लागि हालसम्म गरेका कामहरुको बारेमा जानकारी लिदै विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख Krishna Chapai, कार्यकारी परिषदका सदस्य समेत रहनुभएका जिव विज्ञानका उपप्राध्यापक Padam Raj Joshi, सह परिक्षा प्रमुख समेत रहेका रसायनशास्त्रका उपप्राध्यापक Narendra Saud र उपप्राध्यापक Savita Dhungana सङ्ग भर्चुअल बैठक बसी उक्त परियोजना अघि बढाउन सम्पुर्ण रूपमा तयारी गर्न निर्देशन दिनु भयो l उक्त मिटिंगको समन्वय गर्ने काम गरियो l सोहि दिन कर्णाली रिडर्स सोसाइटीले अभियानको रूपमा सन्चालन गरेको पुस्तक चर्चामा युद्ध, प्रेम र पुनर्जन्मको सेरोफेरोमा रहेर चन्द्र कटुवालद्वारा लेखिएको उपन्यास सिपाहीको डायरीको बारेमा फेसबुक लाइभ मार्फत चर्चा गर्ने अवसरको लागि Karnali Readers Society परिवार र सहभागी सम्पुर्णप्रती हार्दिक आभार सहित धन्यवाद दिदै लेखक तथा प्रकाशकलाई आगामी कृतिको निरन्तरताको लागी शुभकामना व्यक्त गरियो l
- मिति २०७६ चैत्र २९ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय को आङ्गिक क्याम्पस नारायण क्याम्पस दैलेखको शिक्षा शिक्षण समितिको भर्चुअल बैठकमा सहभागी भइयो ।
(मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय अङ्ग्रेजी शिक्षाका उपप्राध्यापक एवं बहुआयामिक व्यक्तित्व बिष्णुकुमार खड्काले २०७६ सालमा भाेग्नुभएका र अनुभव गर्नुभएका दिनहरुलाई हामीले नेपालगाथा अनलाइन मार्फत विभिन्न भागमा समस्त पाठक समक्ष पुर्याएका छाैं। उहाँका अनुभुतिहरुले पक्कै पनि तपाइहरुलाइ पनि आगामी दिनमा आफुले भाेगकाे घटनाक्रमहरुलाइ शब्दमा उताराै भन्ने लागेकाे हाेला। तपाइले आफ्ना अनुभवलाइ हामीलाइ उपलब्ध गराउनुहाेला हामी समस्त पाठकसमक्ष पुर्याउन सहयाेग गर्नेछाैं - सम्पादक)
प्रतिक्रिया
सम्बन्धित खवर
३ महिना अगाडि
३ महिना अगाडि
११ महिना अगाडि
११ महिना अगाडि
१२ महिना अगाडि
१२ महिना अगाडि