ट्रेण्डिङ

होमपेज / विचार

बिष्णुकुमार खड्काको २०७६ सालमा भोगेका अनुभव

भाग पाँच

नेपालगाथा २०७७ बैशाख १० गते बुधबार ०८:२२:२२ मा प्रकाशित

(मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय अङ्ग्रेजी शिक्षाका उपप्राध्यापक एवं बहुआयामिक व्यक्तित्व बिष्णुकुमार खड्काको २०७६ सालमा भोगेका र अनुभव गरेका दिनहरुलाई उहाँले शब्द र तस्वीरमा उतार्नु भएको छ । हामीले उहाँका अनुभवहरुलाई उहाँकै शब्दमार्फत पाठक समक्ष पुर्याउने प्रयास गरेका छौ । उहाँका अनुभुतिहरु आजदेखि दैनिक बिहान ८ बजे प्रकाशन भइरहेका छन् ।)

  • मिति २०७६ श्रावण २ गते (18 July) मेरो जन्मकुन्डली अनुसारको जन्म मिति र सामाजिक सन्जाल फेसबुकमा कायम भएको जन्म मिति 16 July देखि जन्म दिनको अवसरमा शुभकामना दिनुहुने सम्पुर्ण आफन्तजन, शुभचिन्तक, गुरुबर्ग, साथीसङ्गी, विद्यार्थी सबै सबै प्रती हार्दिक नमन गर्दै यहाँहरुको आशा र भरोसामा इमानदारी र परिश्रमको पथमा विश्वास टुट्न नदिने प्रणका साथ मेरा अन्तर हृदयका पुज्य भगवान मातापिताप्रती सधैं कृतज्ञ हुँदै यो जन्म सफल बनाउन आफ्नोतर्फबाट इमान्दार प्रयास गर्ने प्रतिबद्दता जाहेर गरियो l
  •  मिति २०७६ श्रावण ४ गते मध्यपश्चिमान्चल विश्वविद्यालयको प्राज्ञिक परिषदको बैठक काठमाडौंमा उपकुलपति प्राडा उपेन्द्रकुमार कोइरालाज्युको अध्यक्षतामा सम्पन्न भयो l उपकुलपति कार्यालयको सचिवालय सदस्यको हैसियतले उक्त कार्यक्रम सफलता पुर्वक सम्पन भएकोमा सन्तोष मान्दै भोलिपल्ट हुने विश्वविद्यालय सभाको तयारीमा जुटियो l
  • मिति २०७६ श्रावण ५ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं सभाको साधारण बैठक सम्माननिय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति श्री केपी शर्मा ओलिज्युको अध्यक्षतामा सुरु भइ कार्यव्यस्तताका कारण उक्त सभा संचालनको जिम्मेवारी उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालालाई दिनु भयो l बैठकले बजेट र कार्यक्रमलाई पारित गर्यो भने नीतिगत व्यवस्थाहरू थाति राख्यो l उपकुलपति कार्यालयको सचिवालय सदस्यको हैसियतले उक्त कार्यक्रम सफलतापुर्वक सम्पन भएकोमा सन्तोष मान्दै म आत्मीय मित्रद्वय खगेन्द्र शाही र अन्जु शाहजीकोमा आतिथ्यता ग्रहण गरिरहेका मेरी जीवनसाथी र छोराछोरीहरूसँग स्वास्थ्य उपचार र पारिवारिक जीवनको लागि त्यतातर्फ लागे l
  • मिति २०७६ श्रावण १० गते देखि छोरा स्पन्दन ३ बर्ष पुरा भइ ४ बर्षमा प्रवेश गरेको अवसरमा छोराको सुस्वाथ्य, खुसी र सफल जिवन यात्राको आशीर्वादसहित शुभकामना व्यक्त गर्दै छोराको जन्म दिन सुर्खेतमा मनाइयो ।
  • मिति २०७६ श्रावण १५ गते नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतले आयोजना गरेको Graduates of Surkhet Access Center (7th Cohort) का बिद्यार्थीहरूलाई बधाई तथा कार्यक्रमको बीच नेल्टा केन्द्रीय समितिको सदस्य एवम् कर्णाली प्रदेश अध्यक्षको हैसियतमा शुभकामना मन्तव्य राख्ने अवसर प्राप्त भयो l
  • मिति २०७६ श्रावण १६ गते मलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायको सहायक डीन पदमा नियुक्ति प्रदान गर्नुहुने श्रीमान् उपकुलपति प्राडा उपेन्द्रकुमार कोइराला, नि रजिस्टार एवं शिक्षाशास्त्र सङ्कायका श्रीमान डीन सह प्रा. यम बहादुर कार्की, कार्यकारी परिषदका सदस्य श्री पदमराज जोशी लगायतका सहयोगी सबै र प्रत्यक्ष, फोन, फेसबुक र फेस टु फेस आदि विभिन्न माध्यमबाट शुभेच्छा शुभकामना प्रकट गर्नुहुने सबैप्रती हार्दिक आभार सहित धन्यवाद व्यक्त  गरियो l
  • मिति २०७६ साउन १८ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रिय क्याम्पसमा शैक्षिकसत्र २०७६/०७७ को स्नातक तह (B.Ed.) को नयाँ भर्ना अभियान लगायत शैक्षिक प्राज्ञिक तथा प्रशासनिक गतिविधिहरुलाई अझ प्रभावकारी बनाउनेतर्फ हामी सबै कृयाशिल हुने गरि निमित्त डीनको हैसियतले छलफल सम्पन्न गरियो ।क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख लगायत सम्पुर्ण क्याम्पस परिवारले सहायक डीनमा नियुक्त भएकोमा गरेको स्वागत बधाई कार्यक्रम र आत्मीयताका लागि आभार व्यक्त गरियो।
  • मिति २०७६ साउन २० गते बिहान मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस भेरी शिक्षा क्याम्पस गुमि, सुर्खेतमा नि. रजिस्ट्रार ई सह-प्रा. अनन्तराज घिमिरेज्युको नेतृत्वमा योजना विकास तथा अनुगमन निर्देशनालयका निर्देशक प्रा. हिरण्य प्रसाद गौतम सहितको टीममा निमित्त डीनको हैसियतमा स्थलगत अनुगमन निरिक्षण गरि शैक्षिकसत्र २०७६/२०७७ को भर्ना अभियानलाई प्रभावकारी बनाउने, शैक्षिक प्राज्ञिक र प्रशासनिक गतिविधिलाई चुस्त दुरुस्त र अपडेट बनाउने सम्बन्धमा छलफल सम्पन्न गरियो ।
  • मिति २०७६ श्रावण २२ गते  मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यलयको आयोजना र इन्जिनियरिङ सङ्कायको स्नातकोत्तर तह कार्यक्रमको सह आयोजनामा नि उपकुलपति डा. मस्त बहादुर गरन्जाज्युको नेतृत्वमा बृक्षारोपण कार्यक्रममा सहभागी भइयो ।
  • मिति २०७६ श्रावण २३ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, अनुसन्धान समितिको निमित्त डीनको हैसियतमा  शिक्षाशास्त्र बैठकको अध्यक्षता गर्दै सङ्कायमा Course Based PhD को भर्ना खोल्न पाठ्यक्रमलाई अन्तिम रुप दिन बिज्ञ सहितको कार्यशाला गोष्ठी आयोजना गर्ने र पाठ्यक्रम र कार्यविधिलाई अन्तिम रुप दिने निर्णय गर्दै सम्पन्न भयो । 
  • मिति २०७६ श्रावण २३ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय अन्तर्गतको Internal Quality Assurance Committee (IQSC) को बैठक बसि निमित्त डीनको हैसियतमा शिक्षाशास्त्र सङ्काय अन्तर्गतका निकायहरुलाई QAA Certified निकायको रूपमा अबिलम्ब विकास गर्न सम्पुर्ण प्रक्रियाहरु पुरा गर्न काम अघि बढाउने निर्णय गर्दै सम्पन्न गरियो ।
  • मिति २०७६ श्रावण २३ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिन्यरिङ्ग सङ्कायको भर्ना समितिको कार्यलयमा भएको अवरोध मुक्त बनाउन वार्ता समितिको भुमिका निर्वाह गरियो l
  • मिति २०७६ श्रावण २४ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय , डीनको कार्यलयबाट प्रकाशन हुदै आएको Journal of Educational Research & Innovation (JERI) को अङ्क ३ को प्रकाशनको लागि निमित्त डीनको हैसियतमा अध्यक्षता गरी डीन कार्यलयले सम्पादक मन्डल गठन गरेको छ । जसको प्रधान सम्पादकमा उपप्राध्यापक रमेश खत्री र सम्पादक मन्डलमा उपप्राध्यापकहरु रामप्रसाद कंडेल, प्रेम कुमारी ढकाल, कुल बहादुर बोहरा र पार्बती उपाध्यायलाई सम्पादकको जिम्मेवारी प्रदान गरेको छ ।
  • मिति २०७६ श्रावण २८ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, शिक्षाशास्त्र केन्द्रिय क्याम्पस अन्तर्गत अनुसन्धान व्यवस्थापन एकाई (RMC) को बैठक बसि Research Management Cell सदस्य उपप्राध्यापक चित्र बहादुर खत्रीको सङ्योजकत्वमा सदस्यहरु उपप्राध्यापक राम प्रसाद कंडेल, फुलमती खराल, जसविर रोका र रमेश खत्री रहेको कार्यबिधी निर्माण उपसमिति गठन गरियो। साथै सोहि दिन मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विभिन्न सङ्कायका डीनहरुको बैठक आगामी शैक्षिकसत्रदेखि शैक्षिक क्यालेन्डरमा एकरुपता कायम गर्ने गरि क्यालेन्डर तयार गर्न परिक्षा प्रमुख सहितको बैठक सम्पन्न भयो ।
  • मिति २०७६ श्रावण ३१ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कृषि सङ्काय अन्तर्गतको पाठ्यक्रम लगायतका विषयमा Kasal University जर्मनीबाट आउने बिज्ञ प्राध्यापकसङ्गको कार्यक्रम प्रभावकारी बनाउन नि. रजिस्ट्रार यम बहादुर कार्कीज्युको अध्यक्षतामा छलफल भयो । यसका साथै  मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायका डीन समेत रहनुभएका श्रीमान नि रजिस्ट्रार यम बहादुर कार्कीज्युको अध्यक्षतामा बैठक बसि भर्ना अभियान लगायत शैक्षिक प्राज्ञिक गतिविधिहरुलाई प्रभावकारी बनाउन सबै सरोकारवालाहरु जिम्मेवारीबोधका साथ कृयाशिल हुने निर्णय गरियो । सोहि दिन दिउसो सैनिक आवासीय महाविध्यालय सुर्खेतका शिक्षकका लागि आयोजना गरिएको पेसागत क्षमता विकास तालिममा "Reflections on Innovative and Technology Based Pedagogy" शिर्षकमा सहजीकरण गर्ने अवसर प्राप्त भयो ।
  • मिति २०७६ श्रावण ३२ गते हिमाली पुस्तकालय सुर्खेतद्वारा आयोजित पारिजितको कृति "शिरिषको फुल" माथि मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक मित्र रेशम बिष्टजिको समालोचना तथा पुस्तकमाथी छलफल कार्यक्रममा सहभागी भइयो ।

  • मिति २०७६ भाद्र १ गते बिहान मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ ल को समन्वयमा United Nations Technology Bank for least developed countries & research4life को सहयोगमा Two Days Workshop on Digital Access to Research (DAR)/ Research4Life in Nepal कार्यक्रम विश्वविद्यालयका श्रीमान नि. रजिस्ट्रार यम बहादुर कार्कीज्युबाट समुद्घाटन भएको कार्यक्रममा सहभागी भइयो । 
  • मिति २०७६ भाद्र ३ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अर्गानिक कृषि कार्यक्रमको पाठ्यक्रम निर्माण र कार्यक्रम संचालन सम्बन्धि भोलि २०७६/५/४ गते बिस्तृत बैठक University of Kasal , Germany का बिज्ञ Prof.Dr. Peter सहित गर्ने गरि कर्णाली प्रदेश सरकार माननीय कृषि तथा सहकारी मन्त्रीज्युसङ्गको कार्यकक्षमा छलफल तथा समय व्यवस्थापन भयो । फोकल पर्सनको हैसियतमा उक्त कार्यक्रम संयोजन गरियो l
  • मिति २०७६ भाद्र ६ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अर्गानिक कृषि सम्बन्धि कार्यक्रमको पाठ्यक्रम निर्माण र कार्यक्रम संचालन सम्बन्धमा चौकुने गाउपालिकामा सरोकारवालाहरुसङ्ग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो । फोकल पर्सनको हैसियतमा उक्त कार्यक्रम संयोजन गरियो l
  • मिति २०७६ भाद्र ६ गते मध्यपश्चिमाञ्चल विश्वक्याम्पसको स्थलगथ निरिक्षण अनुगमन विश्वविद्यालयका नि. उपकुलपति सह प्रा. डा.मस्त बहादुर गरन्जा सरको नेतृत्वमा नि.रजिस्ट्रार सह प्रा.यम बहादुर कार्की, योजना विकास अनुगमन निर्देशनालयका निर्देशक प्रा. हिरन्य प्रसाद गौतम, अनुसन्धान केन्द्रका निर्देशक प्रा. डा. दीप बहादुर रावल, पाठ्यक्रम विकास केन्द्रका निर्देशक सह प्रा. डा. लिलाधर तिवारी लगायतको टीममा सहभागी भैयो।
  • मिति २०७६ भाद्र ८ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायद्वारा आयोजित " गुणस्तरीय शिक्षाको लागी गुणस्तरीय शिक्षक उत्पादनमा शिक्षाशास्त्र सङ्कायको भुमिका" विषयक एक दिने विचार गोष्ठीमा प्रमुख आतिथ्यका लागि कर्णाली प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री दल रावलज्यु, प्यानलिस्टको रूपमा टिप्पणीकर्ता माननीय ठम्मर बिस्ट, पुर्व डीन पिताम्बर ढकाल, शिक्षाविद डा. चन्द्र प्रसाद रिजाल, र उक्त विषयमा प्रस्तुतीकरणका लागि जित बहादुर शाह साथै आफ्नो महत्त्वपूर्ण समय, विचार र उपस्थितिको लागी डीनज्युहरु, सहायक डीनज्युहरु, परिक्षा प्रमुख, क्याम्पस प्रमुख, सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रमुख एवं प्रतिनिधि, माध्यमिक विद्यालयका प्राधानाध्यपकज्युहरु, शिक्षक संघ सङ्गठनका नेता, प्राध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी, मिडियाकर्मी आदि सबैको सार्थक उपस्थिति र श्रीमान रजिस्ट्रार एवं शिक्षाशास्त्र सङ्कायका डीन यम बहादुर कार्कीज्युको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संयोजन र बहसको सहजीकरण गरियो l
  • मिति २०७६ भाद्र १२ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि सङ्काय अन्तर्गत अर्गानिक कृषि कार्यक्रमको पाठ्यक्रम निर्माण लगायतका विषयमा कर्णाली प्रदेश सरकार, माननीय भुमि वयवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी , माननीय सामाजिक विकास मन्त्री दल रावल, कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिका अध्यक्ष माननीय अमरबहादुर थापा, माननीय कुर्म शाही, कृषि सचिव राजेन्द्र भारी सहित मन्त्रालयका बिज्ञ टोलीसङ्ग Kasal University का विज्ञ Prof. Peter von र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. Deep Rawal , पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. Liladhar Tiwari सहितको छलफल तथा अन्तरक्रिया सम्पन्न भयो । फोकल पर्सनको हैसियतमा उक्त कार्यक्रम संयोजन गरियो l
  • मिति २०७६ भदौ १३ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कृषि सङ्काय अन्तर्गत अर्गानिक कृषि कार्यक्रमको पाठ्यक्रम निर्माण र सम्भावित सहकार्यको सम्बन्धि कर्णाली प्रदेश , योजना आयोगका माननीय उपाध्यक्ष एवं कृषि बिज्ञ प्रा. डा. पुण्यप्रसाद रेग्मीज्युसङ्ग मध्यपश्चिमाञ्चल विश्वविद्यालय, योजना विकास तथा अनुगमन निर्देशनालयका निर्देशक प्रा. हिरण्ड्य प्रसाद गौतम, अनुसन्धान केन्द्रका निर्देशक प्रा. डा. Deep Rawal, पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. Liladhar Tiwari सहितको टीमले छलफल तथा बैठक सम्पन्न गर्यो । फोकल पर्सनको हैसियतमा उक्त कार्यक्रम संयोजन गरियो l
  • मिति २०७६ भदौ१४ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कृषि सङ्काय अन्तर्गत अर्गानिक कृषि कार्यक्रमको पाठ्यक्रम निर्माण र सम्भावित सहकार्यको सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम दैलेखको गुराँस गाउँपालिकाको कार्यलयमा गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलिको अध्यक्षतामा दैलेख जाने क्रममा सङ्योगले उपस्थित हुनुभएका कर्णाली प्रदेश सभा सदस्य माननीय अमरबहादुर थापा, नेकपाका नेता छवि सुवेदी लगायत गुराँस गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता र अन्य सरोकारवालाहरुसङ्ग मध्यपश्चिमाञ्चल विश्वविद्यालय, योजना विकास तथा अनुगमन निर्देशनालयका निर्देशक प्रा. हिरण्ड्य प्रसाद गौतम, अनुसन्धान केन्द्रका निर्देशक प्रा. डा. Deep Rawal पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा.Liladhar Tiwari, परिक्षा व्यवस्थापन प्रमुख डा. Anand Prasad Subedi सहितको टीमले छलफल तथा बैठक सम्पन्न गर्यो । फोकल पर्सनको हैसियतमा उक्त कार्यक्रम संयोजन गरियो l
  • मिति २०७६ भाद्र १६ गते कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाहीज्युको कार्यकक्षमा माननिय आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीज्यु, माननीय आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाज्यु, अर्थ तथा प्राकृतिक स्रोत परिचालन समितिका अध्यक्ष माननीय अमरबहादुर थापा, मुख्यमन्त्रीज्युका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माज्यु, कर्णाली प्रदेशका मुख्य न्यायाधिबक्ता बिद्याभुषण मानन्धरज्यु समेतको उपस्थितिमा माननीय मुख्यमन्त्रीज्युसङ्ग भेटघाट भइ मध्यपश्चिमाञ्चल विश्वविद्यालयले निर्माण गर्न लागेको अर्गानिक कृषिको पाठ्यक्रम निर्माण सम्बन्धि भएका प्रगति, पाठ्यक्रम निर्माण र अन्य सम्भाव्य सहकार्यका लागि छ्लफल गर्न बैठकको मिति, समय र स्थानको विषयमा छलफल सप्पन्न भयो l
  • मिति २०७६ भाद्र १७ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कृषि सङ्काय अन्तर्गत अर्गानिक कृषिको पाठ्यक्रम निर्माण र कार्यक्रम सन्चालन सम्बन्धमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय महेन्द्र बहादुर शाहीज्युसङ्ग उहाँको कार्यकक्षमा माननीय आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला , माननीय प्रदेश सभा सदस्य अमरबहादुर थापा, मुख्यमन्त्रीज्युका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मा, उद्ध्योग बाणिज्य संघ सुर्खेतका निवर्तमान अध्यक्ष एवं अर्गानिक कृषि उद्धमी प्रकाश अधिकारी, चौकुने गाउँपालिका अध्यक्ष धिरबहादुर शाही, चौकुने कृषि क्याम्पस स्थापनाका अध्यक्ष मोहनसिंह बडुवाल, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नि. रजिस्ट्रार यम बहादुर कार्की, योजना,विकास अनुगमन निर्देशक प्रा. हिरन्य गौतम, अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा दीप बहादुर रावल, पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. लिलाधर तिवारी, कार्यकारी परिषदका सदस्य पदम राज जोशी लगायतसङ्ग छलफल तथा अन्तरक्रिया सम्पन्न भयो ।
  • मिति २०७६ भाद्र १८  गते मध्यपश्चिमान्चल विश्वविद्यालयले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा जर्मनको Kassel University का प्राध्यापक डाक्टर पिटर नेतृत्वको विशेषज्ञ टोलीलाई आमन्त्रण गरी प्रारम्भिक रुपमा तयार पारेको अर्गानिक कृषि कार्यक्रमको ढाँचा तथा पाठ्यक्रमको रुपरेखा आज एक कार्यक्रमका बीच सार्वजनिक गरेको थियो । विश्वविद्यालयका विभिन्न तहका पदाधिकारी, सन्चारकर्मी एवम् उद्योगी, ब्यबसायी सहित सरोकारवाला सहभागी अन्तरक्रिया कार्यक्रममा विशेष अतिथि कृषि विषयका विज्ञ प्रा. डा. पिटरले चार वर्षे उक्त कार्यक्रम अन्तर्गत आठवटा सेमेष्टरमा कृषिसँग सम्बन्धित विभिन्न विषयवस्तुको सैद्धान्तिक तथा प्रयोगात्मक अध्ययन, अध्यापनार्थ डिजाइन गरिएको प्रस्तावित कोर्सको मोटामोटी रुपरेखा प्रस्तुत गर्नुभएको थियो ।
  • मिति २०७६ भाद्र २३  गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायको पुस्तकालय तथा अध्ययन केन्द्र स्थापनार्थ पाठ्यपुस्तक तथा पाठ्यसामग्री हस्तान्तरण तथा सङ्कलन अभियानको समुद्घाटन नि. उपकुलपति डा.मस्तबहादुर गरन्जाज्युबाट सुसम्पन्न भयो । शिक्षाशाश्त्र सङ्कायका डीन समेत रहनुभएका नि. रजिस्टार यम बहादुर कार्कीज्युको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संयोजन गरियो l
  • मिति २०७६ भाद्र २४  गते जनता मा वि कोटथाप्ला दैलेख परिवारले विद्यालयको प्र.अ. एव मेरी जीवनसाथी पार्वती पोखरेलको जन्म दिन विद्यालय समयपछी स्रप्राइज रूपमा मनायो  र उक्त कार्यक्रममा म सहभागी भइयो l
  • मिति २०७६ भाद्र १९ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अर्गानिक कृषि कार्यक्रमको पाठ्यक्रम निर्माणका सम्बन्धमा राय सुझाव सङ्कलन गर्न र कृषि फर्म र ल्याब लगायतका पुर्बाधार सम्बन्धि सम्भावनाको स्थलगत अध्ययनका लागि अर्गानिक कृषि विज्ञ कासल युनिभर्सिटी जर्मनीका पुर्व डीन Prof. Dr. Peter von सहित नि. रजिस्ट्रार यम बहादुर कार्की, Organic Mountain Flavour का निर्देशक एवं उध्योग बाणिज्य संघ सुर्खेतका निवर्तमान अध्यक्ष Prakash Adhikari सहितको टीमले बराहताल गाउँपालिकाको बड्डिचौरमा अवस्थित कृषिको नमूना विद्यालय जनज्योति मा वि बड्डिचौरले सन्चालन गरेका कार्यक्रमहरुको बारेमा कृषि क्याम्पस स्थापनाको टीमसङ्ग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
  • मिति २०७६ भाद्र ३० गते Meeting cum Workshop on Preparation and sharing TESOL - NELTA Conference and Symposium, 2019 orgarnized by NELTA Central Committee with Province and District Branch leaders मा सहभागी भइयो l

क्रमश:

प्रतिक्रिया

सम्बन्धित खवर

Top