ट्रेण्डिङ

होमपेज / विचार

बिष्णुकुमार खड्काको २०७६ सालमा भोगेका अनुभव

भाग  चार

नेपालगाथा २०७७ बैशाख ९ गते मंगलबार ०८:१५:१२ मा प्रकाशित

(मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय अङ्ग्रेजी शिक्षाका उपप्राध्यापक एवं बहुआयामिक व्यक्तित्व बिष्णुकुमार खड्काको २०७६ सालमा भोगेका र अनुभव गरेका दिनहरुलाई उहाँले शब्द र तस्वीरमा उतार्नु भएको छ । हामीले उहाँका अनुभवहरुलाई उहाँकै शब्दमार्फत पाठक समक्ष पुर्याउने प्रयास गरेका छौ । उहाँका अनुभुतिहरु आजदेखि दैनिक बिहान ८ बजे प्रकाशन भइरहेका छन् ।)

भाग  चार
स्विटरल्याण्डको सुन्दरता (नियात्रा : घ : १२ असार, २०७६)

  • स्विटजल्याण्ड भनेपछि त्यसै पनि मन फुरुङ्ग हुने भैगो । त्यसमा पनि टीमको डिसिजनको कुरो । झन नाई भन्ने त कुरै भएन । टिमले प्लान दियो । रातभर फ्लिक्स बस । दिनभर घुमफिर । अघिल्लो राती रोमबाट स्विटजरल्याण्डको जुरिचतर्फ यात्रा अघि बढ्यो । बस पनि स्मार्ट बस । दुई तले बस । वाइफाइवाला । ट्वाइलेटवाला । माथिल्लो तलाको अगाडिको सिट जुराइयो । राती १० बजेसम्म पनि घाम नडुब्ने रैछन त्यतातिर । प्रकृतिले नि तिनीहरुलाई कस्तो कामकाजी बनाइदिएको । घामै अस्ताएको छैन । वसको अघिल्लो सिटमा वसेर इटालीको बचेखुचेको भाग नियाल्दै जुरिचतर्फ कुदिरहेका थियौ । रात परेपछि परेलाले कटेरा हालेछन । विहान पनि सबेरै ४ बजे नै हुनेरहेछ । ब्युझेर हेर्दा त सुर्योदय भैसकेको । डाडापाखा । हरभरा । तालतलैया । नदिनाला । हिउँ । हिमाल । दुरुस्तै नेपालकै झल्को आउने भूगोलको दृश्य छ । वस पनि झिल्केवाला । सडक पनि उस्तै । झिलिक्क देखिन्छ । फेरि टनेलभित्र छिर्छ । फेरि पारी पाखामा हरियाली छ । माथी पहाडको चुच्चो बुच्चै छ । फोटो खिच्न मलाई भ्याइनभ्याई छ । मनोरम दृष्य छुट्ला कि भन्ने पिरले भिडियो अन गरे । बसले बेग बढाएकै थियो । मनको तिर्खा मेटिएकै थिएन । अहा ! अहा ! नेपाल जस्तै है । हामी गर्वले प्रफुल्ल थियौ । माल उहि हो चाल पाइएनछ । अनेकन मनोरम दृष्यहरु आखाभरी कैद गर्दै जुरिच आइपुगिएछ ।
    गन्तव्यमा झरियो । युरो १ वाला चक्कर सुरु भो । स्मार्ट ट्वाइलेट । पालैपालो । अब दिनभरिको घुमफिरको मेसो मिलाउनु पर्यो । त्यो भन्दा पहिला पेटपुजा गर्नुपर्यो । फेरि चिकेनवाला चक्कर । उहि बङ्गालीवाला । भेटाइयो । खाइयो । सिटि टुरवाला खेल सुरु । जनही ३२ युरो रे । ओहो !! नेपाली कन्भर्ट गरि हेरियो । झिलिक्क भयो । हा ! स्विटजरल्याण्ड आइएछ । ३२ रुपैयाँ त हो नि । गाइड सहित पाइने रे । डिसिजन ठोकियो । सिटि बस आइपुग्यो । गाइड र गुरु । हामी र हामी जस्तै अरु । बस भरियो । गाइडले हाम्रा पुरोहितले पुराण भट्ट्याए जस्तो बेलिविस्तार लाउन थाल्यो ।
    जुरिचका बारेमा भट्यायो । भवनका बारेमा । छेउमा रहेको बिचमा । त्यहीँ लिएर बस रोक्यो । समय तोक्यो । हामीले फुत्त निस्केर हतार हतारमा फोटो खिच्यौ । हेरि नसक्नुका दृष्य । आँखा छोपेर हेरियौ । फेरि वस चढियो । माथी डाडातिर उकालियौ । झरेर सिटि ट्रेनमा चढ्यौ । महङ्गो होटेल रे । बडो कलात्मक र सुन्दर । एक रातको नेपाली १४ लाख रे । हैट ! फोटो खिचियो । फर्किदा फिफाको अफिस। विश्वविद्यालयका भवन । यस्तै यस्तै । कता कता पुगेर के के हेरेर । आइपुगियो । अझै समय थियो । पारी पार्क रहेछ । त्यही गएर आराम गर्ने भैयो । अहो ! त्यहाँ झन अचम्म ! युवा युवतीका जोडीहरुको बथान । आ आफ्नै ध्याउन्नमा । हामी ४ जना पनि आफ्नै गफगाफमा जुटयौ । मेरो दिमागमा कविताका केही फुरिरहेका थिए । टिपनटापन गर्दै थिए । खाजा खाएर पेरिसतर्फको यात्रा थियो । शब्द र भाव खेलाउदै थिए । खाजा अर्डर भएछ । बर्गर । सुरु गरौ न त भनेको सुरुमै देखियो बिफ । हैट ! म झस्के । खाजा साजा त्यही रह्यो । फेरि फिलिक्स । दिदी, म तपाईंकि बहिनी शिर्षकको कविता कम्प्लिट भयो ।
  • पेरिसको पजल (नियात्रा: ङ : असार १३, २०७६)
  • दैनिकी फिक्स थियो । साझ फिलिक्स चढ्नु । बिहान गन्तव्यमा पुग्नु । दिउँसो घुम्नु । फोटो खिच्नु । कफि । चिकेन । एक युरोवाला चक्कर । फेसेमा सेभ गर्नु । यो फेसेमा म नै फस्ट थिए । अरु लोसे । स्विटजरल्याण्डको जुरिचबाट फ्रान्सको पेरिसतर्फ यात्रा सोझिएको थियो । स्विजरल्याण्डका विभिन्न भागहरु नियाल्दै यात्रा अघि बढ्यो । चिटिक्क परेका साना घर आवासका लागि । भिमकाय महल व्यापारका लागि । उद्ध्योग, धन्दा । कलकारखाना । खेतिपाती । एक से एक मा अब्बल । विहानै ६ बजे पेरिस पुगियो । फेरि सिटि बसवाला चक्करमा जुटियो । मेसो पाइएन । भाषा । भाषाले मार्यो । अङ्ग्रेजी काम लागेन । फ्रेन्च बोल्न आएन । ट्याक्सीको जोहो भयो । महङ्गो । पेरिसको सिटि घुमायो । आइफिल टावर गैयो । फोटो खिचियो । फेसेमा हालियो । वरपरका ठाउँ हेरियो । सारा युरोप उस्तै । ठुला ठुला गगनचुम्बी महल । अहो ?  हेरिसाध्य छैन । फाटका फाट धान । मकै । गहुँ । दाल । तरकारी । तर अचम्म ! भात दाल तरकारी खान पाइएन । नजानेका होलान् कि नखाएका होलान् ? कि मेसो नपाएका होलान् ? ठाउँ ठाउँमा पशुपालन । घासका फाट पनि छन । फाटभरी वाइन्ड टर्माइन । हावाबाट बिजुली । हाम्रा प्रधानमन्त्री केपिले पनि त्यही देखेर भाषण गरे होलान् । यता उनको नामै बदलियो । उता सामान्य प्रविधि रहेछ ।
    आज फेरि एक जना साथी छुट्टीने दिन । रबिन सर । उहाँ कोपेनहेगन , डेनमार्क जानुपर्ने । हामी भेनिस फर्किन पर्ने । उहाँको फ्लाइट क्यान्सिल भएको खबर आयो । अब भयो फसाद ! ट्रेन खोजियो । त्यो पनि भेटिएन । फेरि उहि । यात्रा आ आफ्नै गन्तब्यतिर मोडियो । उहाँ उता । हामी यता भेनिस । रातभरको यात्रा र दिनभरको दौडधुप । ज्यान लखतरान । के गर्नु । अब रबिन सरलाई बिदाइ गरेर बचेका हामी तीन जना भेनिसतर्फको यात्रामा सोझिएका थियौ । बसभित्र मलाई फेरि कविता फुर्ला फुर्ला जस्तो भयो । निष्फिक्री शिर्षकको कविता कम्प्लिट भय ।

  • भेनिसको भर्जिनिटी (नियात्रा : च : १३ असार,२०७६)

भेनिस।शेक्सपियरको मर्चेन्ट अफ दि भेनिस ।हामी मर्चेन्टको रूपमा ।मनमा अनेकन कौतुहलताका काउकुती लगाउदै पुग्यौ ।इटालीमा मिस गर्न नहुने ठाउँ ।सबको सिफारिस थियो ।हामी झन के मिस गर्थ्यौ ? समुन्द्रमाथीको सहर । बस पुलमाथी गुड्यो । दृष्यले नभ्याउने महासागर । त्यही महासागरमाथी पुल । रामायणको कथामा हनुमानले समुन्द्रमाथी पुल बनाएको कहानी पढेको थिए । यता हकिगतमा यहाँका हनुमानहरुले समुन्द्रमाथी पुल बनाएछन । पुलमाथि गाडी कुदाए । रेल कुदाए । हामीले उहिले परिकल्पना गरेका चिज यिनले यता वास्तविकतामा बनाए ।समुन्द्रमाथीको सहरमा पाइलो टेक्यौ । भिमकाय संरचना बनाएछन । ठुला साना । मझौला । पानी जहाज । बोट । आदि जलयात्राका लागि तयार छन । संसारभरिबाट सयर गर्न भरिभराउ छन । हामी पनि त्यही कित्तामा उभिएका छौ । हाम्रो प्रधानमन्त्रीले भन्नुभएको छ : नेपाली झन्डावाला हाम्रो आफ्नै पानीजहाज हुनेछ । मैले पानीजहाज आवरणमा पर्ने गरि नेपाली झन्डा शानका साथ भेनिसमा फरफराए ।
समुन्द्रमाथी तैरिनुको स्वाद।समुन्द्रमाथी पुलमा उभिएर फोटो सेसन।भेनिसको भर्जिनिटिको खोजि। चोक चोक गल्ली गल्ली छिर्यौ । घर । समुन्द्र । डुङ्गा । फुल । कला । भनिस । बस् । जहाँ गल्ली गल्लीमा समुन्द्र छ । समुन्द्रको आडैमा भिमकाय भवनहरु ठडिएका छन । पानीजहाजभित्रै रेस्टुरेन्ट छन । समुन्द्र्माथी यो मानव विजय अपत्यारिलो छ ।पेटपुजाको समय आयो । जहाँ जाउ युरोपमा बङ्गला । पेटपुजा गरियो । केही चिनोको जोहो भयो । अब भेनिसलाई बिदाई गर्ने समय आएको थियो । हामी त्यसै साझ मिलानो हुँदै मेल्पासो जानु थियो । निरन्तरको गाडिको यात्रा र घुमफिरले जिउ आजित थियो । बिरामी हुनसक्ने सङ्केत देखिन थालेका थिए । जति हेरेपनी उस्तै मनोरम छ । लोभलाग्दो छ । डाह लाग्दो छ । ईर्ष्या लाग्दो छ । सपिङ्गको समयमा मलाई गजल फुर्ला जस्तो गर्‍यो ।

  • मिलानोमा मिलन ( नियात्रा : छ : १४, १५,१६ असार,२०७६)
    असार १४ । भेनिसबाट मिलानो हुँदै माल्पेन्सो होटेल हाम्रो गन्तव्य थियो । जिउ शिथिल थियो तर कल्पना र कतुहलता कम्केको थिएन । फर्किदाका पलहरुलाई अविस्मरणीय बनाउने ध्याउन्नमा थियौ । म बसभित्र टोलाएर फुराइरहेको थिए । केही अंश सेभ गर्दै आगे बढ्दै । मिलन बसपार्क आयो । मिलानो जान मेट्रो ट्रेनमा जानुपर्ने रैछ । त्यसको जोहो भयो । हामी मिलानो पुग्यौ । रातिको १०:३० भैसकेको थियो । फेरि हामीलाई माल्पेन्सो होटेलमा पुग्नु थियो । अझै ४० किलोमीटर टाढा रहेछ । अब ट्याक्सीको बिकल्प थिएन । हामिसङ्ग डलर पनि रित्तिन लागिसकेको थियो । जे पर्ला पर्ला । मिटरमा ट्याक्सी । १३० युरो । अहो । जोहो भयो । थकित अवस्थामा होटेल पुग्यौं । कोठामा छिरेर फ्रेस भैयो । कतिबेला निदाइयो पत्तो भएन ।
    असार १५ । बिहान ८ बजेसम्म पनि निन्द्रा कसैको खुलेको थिएन । ब्रेकफास्ट त खानुपर्यो । खाइयो मजैले । फेरि रेस्ट । आज कम्प्लिट रेस्ट । कोहि कतै जाने जागरमा थिएनन । मैले अघिल्लो दिन सुरु गरेको गजल पूरा गरे । फेसेमा डाले ।साझ झमक्क पानी पर्यो । त्यसपछि आकास खुल्यो । वरपर घुमियो । घुम्दै जादा त्यो एरिया त ग्रेभ एरिया रहेछ । अहो क्या सुन्दर । आफ्ना मृत पुर्खाहरुलाई सजीव बनाएर राखेका । फोटो खिच्न भ्याइयो । मनमा च्वास्स त भाथ्यो । असार १६ । बिहानै एअरपोर्टको यात्रा । होटेलको गाडीमा । फेरि जनही ४ युरो । पुगियो । उडियो । साझ आबुदाबी । रातभरिको ट्रान्जिट । कस्टकर रात । बिहान १० को फ्लाइट । असार १७ । आबुदाबिबाट काठमाडौंको यात्रा । फिल्म हेर्दै । गफिदै । निदाउदै । आइपुगियो ।
  • मिति २०७६ असार २९ गते नेपाल अँग्रेजी भाषा शिक्षक संघ (नेल्टा) कर्णाली प्रदेशले सशक्तीकरणको प्रमुख माध्यमको रूपमा अँग्रेजी भाषा र सूचना प्रविधिको ज्ञानलाई मुख्य मियो मानेर "अंग्रेजी भाषा र सूचना संचार प्रविधिमार्फत सशक्तीकरण" भन्ने मूल मर्मलाई अभियानको रूपमा संचालन गर्ने गरी नेल्टाले कर्णाली प्रदेश सभासंगको समन्वयमा कर्णाली प्रदेश सभाका माननीय सदस्यहरूलाई लक्षित गरेर एक कार्यक्रमका बीच कर्णाली प्रदेश सभाका सभामुख, उपसभामुख र सिक्न इच्छुक २० जना भन्दा बढी माननीय सदस्यहरूलाई अँग्रेजी भाषा सिकाईसँग सम्बन्धित पाठ्यसामग्रीहरू, पुस्तक र पेन ड्राइभहरू हस्तान्तरण गर्दै नेल्टा कर्णाली प्रदेशका अध्यक्षको हैसियतमा उक्त अभियानको शुभारम्भ गरियो l 
  • मिति २०७६ असार ३० – श्रावण १ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बार्षिक प्रतिवेदन बुलेटिनको चौथो अंक त्यसको प्रधान सम्पादकको हैसियतले विश्वविद्यालय सभाको तयारीका अतिरिक्त यो बुलेटिन राती सेमत मालिका डेस्कटपमा बसेर सम्पादन र सेटिंगको काम सम्पन्न गरियो l

प्रतिक्रिया

सम्बन्धित खवर

Top